मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
करिश्मा मानन्धरकाे फागु
नायिका करिश्मा मानन्धरले एक दशकपछि निर्माण गरेको चलचित्र फागु सोसल ड्रामा विधाको चलचित्र हो । यो चलचित्रमा नेपालको समाजशास्त्रीय विश्लेषण हेर्न पाइनेछ । नाकाबन्दीकै सेरोफेरोमा रिलिज हुन लागेको चलचित्र फागुकी मुख्य पात्र नायिका शिल्पा पोखरेल हुन् । यो चलचित्रमा मधेसी महिलाको भूमिकामा देखा पर्ने शिल्पाका साथमा राजेश हमाल, गौरी मल्ल, सुवास पराजुली, टीका पहाडी, प्रमोद अग्रहरि आदि पनि देखा पर्ने छन् । फागु खुल्ला सीमाका कारण मधेसको एउटा परिवारमा परेको असरमा केन्द्रित छ । चलचित्रमा माया, प्रेम तथा रोमाञ्चलाई पनि त्यत्तिकै स्थान दिइएको छ ।