‘मिसेस भोग नेपाल–२०२५’ बनिन् सुमी
हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रिजेन्टस मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् ।
करिश्मा मानन्धरकाे फागु
नायिका करिश्मा मानन्धरले एक दशकपछि निर्माण गरेको चलचित्र फागु सोसल ड्रामा विधाको चलचित्र हो । यो चलचित्रमा नेपालको समाजशास्त्रीय विश्लेषण हेर्न पाइनेछ । नाकाबन्दीकै सेरोफेरोमा रिलिज हुन लागेको चलचित्र फागुकी मुख्य पात्र नायिका शिल्पा पोखरेल हुन् । यो चलचित्रमा मधेसी महिलाको भूमिकामा देखा पर्ने शिल्पाका साथमा राजेश हमाल, गौरी मल्ल, सुवास पराजुली, टीका पहाडी, प्रमोद अग्रहरि आदि पनि देखा पर्ने छन् । फागु खुल्ला सीमाका कारण मधेसको एउटा परिवारमा परेको असरमा केन्द्रित छ । चलचित्रमा माया, प्रेम तथा रोमाञ्चलाई पनि त्यत्तिकै स्थान दिइएको छ ।