मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता युनाइटेड नेसन्स प्याजेन्टस् नेपाली संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा मृनल श्रेष्ठ मिष्टर टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल र आँचल गिरीले मिस टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपालको ताज पहिरिन सफल भइन् । ललितपुर झम्सिखेलस्थित द प्लाजामा सम्पन्न युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल २०२५ मा विभिन्न उमेर समूहका महिला तथा पुरुषको सहभागिता रहेको थियो । प्रतियोगितामा दिपशिखा रुम्बा मिस युनाइटेड नेसन्स नेपालका रुपमा चयन भइन् । प्रतियोगिता अन्तर्गत ईस्मारिका मगर तथा रोहित श्रेष्ठले पब्लिक च्वाइसको अवार्ड प्राप्त गरे भने प्रतिक्षा बस्नेत र आश्रिया तामाङले अर्गनाइजर च्वाइसको अवार्ड जिते ।
स्मार्ट गफका लागि प्रमिला सिलवाल नेसनल डाइरेक्टर तथा रमेश शाही इभेन्ट डाइरेक्टर रहेको सो प्रतियोगितामा डिजाइनरहरु दुर्गा बस्नेत, समिक्षा लामिछाने, बबिता प्रधान र अनिता खाती क्षेत्रीले तयार पारेका विभिन्न पहिरनमा सहभागीले प्रस्तुति दिएका थिए । सहभागिहरुको प्रस्तुतिको निर्देशन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा निर्णायकको भूमिकामा युनाइटेड नेसन्स प्याजेन्टस्का लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट , फेसन फोटोग्राफर सन्जय रौनियार तथा गायिका रेखा शाह रहेका थिए । कार्यक्रममा मुख्य उपाधि विजेताले अमेरिकाको फ्लोरिडामा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता युनाइटेड नेसन्स प्याजेन्टस् २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विवेक दनुवारले डिसिप्लीन र वेष्ट पर्फमेन्सको अवार्ड, आँचल गिरीले फोटोजेनिक, रोजिना माझी वेष्ट वाक, सृदिका देवान वेष्ट स्माइल, विपना मोक्तान मिस ट्यालेन्ट र सृयान्श श्रेष्ठ मिष्टर ट्यालेन्ट अवार्डका विजेताका रुपमा चयन भए ।