Successfully Copied

सलिनाले पहिरिन् मिस ग्रान्ड वल्र्ड नेपालको ताज

पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्रान्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यतापूर्वक राजधानीमा सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न उक्त प्रतियोगितामा सलिना नेपालले मिस ग्रान्ड वल्र्ड नेपालको ताज पहिरिन सफल भइन् ।

उपाधि विजेता भएसँगै उनले विद्युतीय स्कुटर पुरस्कारस्वरूप प्राप्त गरिन् । प्रतियोगितामा प्रशंसा उप्रेतीले फेस अफ ब्युटी इन्टरनेसनल नेपाल, करुणा दाहालले मिस औरा इन्टरनेसनल नेपाल, ब्रिटिना आलेले मिस ग्रान्ड युनिभर्सल नेपाल तथा लक्ष्मी बुढा मगरले मिस ग्लोबल इन्टरनेसनल नेपालको ताज पहिरिएसँगै आ–आफ्नो उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् । पाँचै जना विजेताले नगद पुरस्कार, एक लाख बराबरको थान्का, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
आर.के. इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा प्रीति शाक्य तथा सेन्ट्रल फेसन हबका फेसन डिजाइनरहरूले वार्डरोब तयार पारेका थिए । प्रतियोगिताको कोरियोग्राफी र संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । प्रतियोगितामा विभिन्न प्रदेशगत विजेताअनुसार सुदूर पश्चिम प्रदेश अनुशा मदै, कर्णाली प्रदेश लक्ष्मी बुढा मगर, लुम्बिनी प्रदेश ब्रिटिना आले, बाग्मती प्रदेश सब्बु महर्जन, मधेस प्रदेश ज्योति गिरी, कोशी प्रदेश दृष्टि मगरलाई विजेता चयन गरिएको थियो ।

 Image