Successfully Copied

गायिकाका रूपमा छुल्ठिम

आरजे, भिजे, म्युजिक भिडियोमा अभिनय एवं कार्यक्रम होस्ट हुँदै नोभेम्बर रेनमा सह–नायिकाका रूपमा देखापरेकी छुल्ठिम गुरुङ त्यही एक चलचित्रबाटै सबैका नजरमा परेकी छिन् ।

आरजे, भिजे, म्युजिक भिडियोमा अभिनय एवं कार्यक्रम होस्ट हुँदै नोभेम्बर रेनमा सह–नायिकाका रूपमा देखापरेकी छुल्ठिम गुरुङ त्यही एक चलचित्रबाटै सबैका नजरमा परेकी छिन् । छुल्ठिम थुप्रै सांगीतिक कार्यक्रम संचालिका तथा डान्सरका रूपमा अनेक पटक विदेश पुगिसकेकी छिन् । भर्खरै उनले एउटा कार्यक्रममा अवार्ड लिने क्रममा नयाँ गेटअप, फरक पात्रसहित दर्शकमाझ आउने बताएकी छिन् । साधारण बानी–व्यवहारका साथ सबैसँग घुलमिल हुने उनको स्वभाव छ । उनले नोभेम्बर रेनबाट थुप्रै अवार्ड हात पारिसकेकी छिन् । मनोरञ्जन क्षेत्रका सबै विधालाई माया र सम्मान गर्ने छुल्ठिमले भर्खरै खसेको तारा शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूलाई गायिकाका रूपमा पनि स्थापित गर्ने प्रयास गरेकी छिन् । 

 Image