Successfully Copied

सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४

विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।


क्यानडामा बसोबास गर्दै आएका विवाहित नेपाली महिलाहरुमा लक्षित व्यक्तित्व, बौद्धिकता, प्रतिभा र सौन्दर्य सम्बन्धी प्रतियोगिता मिसेस् नेपाल क्यानडा २०२४  सम्पन्न भएको छ । विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य पहिलो मिसेस् नेपाल क्यानडा बनिन् । साथै प्रतियोगितामा उनले फ्रेन्डशीप विधाको अवार्ड पनि हात पारिन् ।
महिला शिक्षा तथा क्षमताको विकास समूह, वेस्डो क्यानडा र नेप्लीज फेसन होम नेपालको संयुक्त आयोजनामा संचालन भएको सो प्रतियोगितामा फोटोजेनिक विधाको अवार्ड सहित अलिशा राजभण्डारी फस्ट रनर अप तथा रश्मी थापा सेकेन्ड रनर अप भइन् । क्यानडाको ब्राम्टनस्थित स्परेन्जा ब्याङ्क्वेट हलमा आयोजना गरिएको सो प्रतियोगितामा यमी कर्मचार्यले ट्यालेन्ट र श्याम लिम्बुले पब्लिक च्वाइस अवार्ड हात पारे ।

नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ पढाईमा स्नातक गर्दै गरेका १९औं ब्याचका विद्यार्थी डिजाइनरले तयार पारेका आकर्षक पहिरन प्रतियोगिताका १० जना फाइनलिष्ट प्रतिस्पर्धीहरुले लगाएका थिए । डेपुटी चिफ अफ मिसन रोजिना ताम्राकारको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितात्मक कार्यक्रममा प्रोफेसर निरा शर्मा, डा.संगीता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक थिए ।

 Image