Successfully Copied

कंगनाको व्यायाम र सन्तुलित खाना

कंगना रणावत बिहान चाँडै उठेर पावर योग, प्राणायम र ध्यान गर्छिन् । त्यसपछि मार्सल आर्टको अभ्यास गर्छिन्

कंगना रणावत बिहान चाँडै उठेर पावर योग, प्राणायम र ध्यान गर्छिन् । त्यसपछि मार्सल आर्टको अभ्यास गर्छिन् । स्टामिना बढाउनका लागि किक बक्सिङ पनि खेल्छिन् । उनी व्यायाम र सन्तुलित भोजनमा निकै ध्यान दिन्छिन् । 

हप्तामा चार दिन जिम जान्छिन् जहाँ स्ट्रेथ ट्रेनिङ, कार्डियो गर्छिन् । हरेक दिन ४५ मिनेट योग गर्छिन् । १० मिनेट मेडिटेसन गर्छिन् । जिमले भन्दा योगले शरीरलाई फिट राख्ने उनको विश्वास छ । योगगुरु सूर्यनारायणले उनलाई विगत ९ वर्षदेखि योग सिकाइरहेका छन् । राम्रो स्वास्थ्यका लागि ७–८ घण्टा निदाउँछिन् । 

उनी डाइटमा ५० प्रतिशत काब्र्स, २५ प्रतिशत प्रोटिन लिन्छिन् । यसमा तरकारी, अण्डा, ग्रिल्ड चिकेन, टोफु, दाल स्किम्ड मिल्क हुन्छ । बिहान उठेपछि अमलेट लिन्छिन् । त्यसपछि एक प्लेट फलफूल लिन्छिन् । लन्चमा उमालेको तरकारी, सलाद, दाल, भात वा चिकेन रोटी लिने गर्छिन् । रातको खाना पनि यस्तै हुन्छ । सुत्नुभन्दा तीन घण्टाअघि नै खाना खाने उनको बानी छ । 

 Image