Successfully Copied

लिरिल फ्रेस फेस प्रमिला

लिरिल फ्रेस फेसको उपाधि विराटनगरकी प्रमिला थापाले जितेकी छिन् । लिरिल फ्रेस फेसमा भाग लिनुअघि कुनै पनि इभेन्टमा भाग नलिएकी प्रमिला सानैदेखि मोडलिङ तथा अभिनयप्रति आकर्षित थिइन् ।

लिरिल फ्रेस फेस प्रमिला

भर्खरै सम्पन्न लिरिल फ्रेस फेसको उपाधि विराटनगरकी प्रमिला थापाले जितेकी छिन् । लिरिल फ्रेस फेसमा भाग लिनुअघि कुनै पनि इभेन्टमा भाग नलिएकी प्रमिला सानैदेखि मोडलिङ तथा अभिनयप्रति आकर्षित थिइन् । पत्रपत्रिका  पढिरहने प्रमिला लिरिल फ्रेस फेसका लागि अडिसनमार्फत् छनोट भएकी हुन् । रिफ्रेसिङ टास्कबाट अघि बढ्दै वर्क सप, प्रशिक्षणपछि थापा उपाधि हात पार्न सफल भइन् । महत्वाकांक्षी प्रमिलाले उपाधिपछि आफूमा निकै परिवर्तन महसुुस गरेकी छिन् । ब्याचलर दोस्रो वर्षमा अध्यननरत थापा होम ट्युसन पनि पढाउँछिन् । उनी रमाइलो गर्न, नयाँ ठाउँमा घुम्न, नयाँ कुरा सिक्न एवं नाच्न रुचाउँछिन् । राम्रो प्रस्ताव आयो भने म्युजिक भिडियो एवं चलचित्रमा समेत देखापर्ने उनी बताउँछिन् । मह जोडीको अभिनयबाट प्रभावित प्रमिलाकी आइडियल मोडल आस्था पोखरेल हुन् । भविष्यमा विजनेस वुमन बन्ने थापाको योजना छ ।

 Image