कुसुम बनिन् : मिस साउथ इस्ट एसिया नोबल
इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।
                            
              
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् । उनले नगद पुरस्कार रु एक लाखसँगै थाईल्याण्डमा सन् २०२५ मा सम्पन्न हुने मिस इन्टरनेसनल क्वीनमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी छिन् । ब्लु डायमण्ड सोसाइटीको आयोजनामा सम्पन्न सो प्रतियोगितामा नेपालका लागि युएन रेसिडेन्ट कोर्डिनेटर हाना सिंगरको प्रमुख आतिथ्यता रहेको थियो । 
१८ जना प्रतिस्पर्धीहरुको सहभागितामा संचालन भएको सो प्रतियोगितामा  अनमोल फोटोजेनिक र क्रिएटिभ ड्रेस विधामा पनि विजेता चयन भएकी थिइन् ।  प्रतियोगितामा नगद पुरस्कार रु ७५ हजार सहित सरोजी न्यौपाने फस्ट रनर अप  बनिन् । उनले ट्यालेन्ट र वेष्ट वाक विधामा पनि आफूलाई उत्कृष्ट देखाउन सफल  भएकी थिइन् । प्रतियोगितामा आरोही बस्नेत सेकेन्ड रनर अप भइन् । मिस  ब्युटिफुलको उपाधि भने सायरा गुरुङले प्राप्त गरिन् । जमलस्थित राष्ट्रिय  नाचघरमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी अजय गुरुङले र कार्यक्रम  संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए । 
तस्बिरहरुः महेशमान प्रधान