Successfully Copied

बलिउड अभिनेतृको फिटनेस फर्मुला

महिला सौन्दर्यमा जिरो फिगरको विशेष महत्व हुन्छ । यद्यपि यस्तो फिगर बनाउन र त्यसलाई कायम राख्न भने त्यति सहज छैन ।

महिला सौन्दर्यमा जिरो फिगरको विशेष महत्व हुन्छ । यद्यपि यस्तो फिगर बनाउन र त्यसलाई कायम राख्न भने त्यति सहज छैन । यही असहजतामाथि विजय प्राप्त गरेर बलिउड अभिनेतृहरू सधै आफूलाई फिट एण्ड फाइन राख्छन् । 

सोनमको फिटनेस एडिक्सन 

स्टाइलिस अभिनेतृ सोनम कपूरको ध्यान अभिनयमा जति केन्द्रित छ उति नै फिटनेसमा पनि । सोनमले भन्ने गरेकी छिन्–‘फिटनेस मेरो एडिक्सन हो ।’ उनी हप्तामा चार दिन वेट ट्रेनिङ गर्छिन् । यसका साथ योग पनि गर्छिन् । योगले आफूलाई मानसिक रूपमा शान्ति मिल्ने कुरा सोनमले बताएकी छिन् । उनी नियमित रूपमा कार्डियो र डान्सिङ पनि गर्छिन् । 

नृत्य एवं पौडी त सोनमको रुचि नै हो । यी दुवैले उनको फिटनेस मेन्टेन गर्न सहयोग पुगेको छ । त्यसो त फिटनेसका लागि सोनमले घरमै सानो जिम बनाएकी छिन्, जहाँ बिहान र साँझ व्यायाम गर्छिन् । उनलाई वर्क आउट गर्न रुचि लाग्छ । खानपानमा ध्यान दिन्छिन् । त्यसैले उनले शरीरलाई उपयुक्त आकारमा ढाल्न सकेकी हुन् । 

उनले फिटनेस आफ्नो जीवनको हिस्सा भएको बताएकी छिन्, जसले आफ्नो व्यक्तित्व र सुन्दर लुक दिएको छ । 

सोनमले दिनको प्रारम्भ नै फिटनेसबाट गर्छिन् । ३० मिनेट कार्डियो गर्छिन् । त्यसपछि एब्स र मसल्सको व्यायाम गर्छिन् । हरेक दिन नृत्य अभ्यासमा जुट्छिन् । जुन दिन फुर्सद हुन्छ, घरमै आराम गरेर बस्छिन् । उनलाई लाग्छ–शरीरलाई आरामको पनि जरुरत हुन्छ । 

राति चाँडै खाने प्रयास गर्छिन् । खानामा धेरै चिल्लो वा मसलेदार हुनुहुँदैन । हेल्दी खाना खान्छिन्, यद्यपि स्वादिलो भने हुनुपर्छ । 

 Image