कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
मेघा मोडल–२००८ स्वस्तिका राजभण्डारी अहिले स्वस्तिका हेयर एण्ड मेकअप स्टुडियोमा आफ्नो सिर्जना देखाइ रहेकी छिन् । उनले मेघा मोडल भएपछि एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । स्वस्तिकाले चलचित्र अध्याय र मुखुडामा पनि अभिनय गरेकी छिन् । ५ वर्षअघिदेखि कोरियोग्राफी पनि सुरु गरेकी राजभण्डारीले ३ वर्षको फ्रि लाइन्सर मेकअप आर्टिस्टका रूपमा काम गरेपछि मलेसियाबाट मेकअप आर्टसम्बन्धी कोर्स गरेर स्टुडियो खोलेकी हुन् । उनी ब्राइडल मेकअपका साथै फरक स्टाइलका मेकअपमा पोख्त छिन् । हाल कोरियोग्राफी एवं म्युजिक भिडियोमा समेत उत्तिकै व्यस्त स्वस्तिका राम्रो अफर आए चलचित्रमा पनि काम गर्न लालायित छिन् ।