सजिनालाई मिस एलिगेन्स अवार्ड
सजिनाले सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेकी थिइन् भने यसबीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ समेत गरेकी छिन् ।
एक सय पचासभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी सम्पदा बानियाँ अहिले भोजपुरी चलचित्रमा व्यस्त हुँदैछिन् । भर्खरै लखनउमा सुटिङ पूरा गरेर काठमाडौं आएकी सम्पदा सोल्जर शीर्षकको भोजपुरी चलचित्रमा नायिकाका रूपमा देखापर्ने भएकी छिन् । सुरुमा नेपाल टेलिभिजनमा भिजेका रूपमा काम गरेकी सम्पदा म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । चुलबुले स्वभावकी सम्पदा सेन्टिमेन्टल गीत सुन्न रुचाउँछिन् । राम्रो प्रस्ताव आए नेपाली चलचित्रमा पनि अभिनय गर्ने उनको सोच छ । बलिउडकी विद्या बालन र सोनाक्षी सिन्हाकी प्रशंसक सम्पदा उनीहरूको जस्तै अभिनय गरेर नेपाली चलचित्रमा उदाउने सपना बुनिरहेकी छन् ।
