१७ औं संस्करणको मिस नेवाः नेपाल ११४३ सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा भवनको डबली संचालन भएको एनटिसी मिस नेवाः नेपाल ११४३ को फाइनल प्रतिस्पर्धामा नैकापकी सकिना महर्जनले प्रतियोगिताको शीर्ष विजेताको ताज पहिरिन सफल भएकी हुन् । मिस नेवाः नेपाल ११४३ को ताज पहिरिएसँगै नगद पुरस्कार एक लाख रुपैयाँ हात पारेकी सकिनाले प्रतियोगितामा मिस पर्सनालिटीको अवार्ड पनि जितेकी हुन् । प्रतियोगितामा काठमाडौं म्हेपीकी रिधिशा श्रेष्ठ पब्लिक च्वाइस विधाको अवार्ड सहित फस्ट रनर्स अप तथा मिनशा महर्जन सेकेन्ड रनर्स अप चयन भएका थिए । उनीहरुले क्रमशः पच्चीस हजार तथा पन्ध्र हजार प्राप्त रुपैयाँ प्राप्त गरेका थिए ।
नेवार समुदायको साँस्कृतिक परिवेशमा संचालन भएको यस प्रतियोगितामा सहभागीहरु नमूना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनिङमा अध्ययनरत विद्यार्थी डिजाइनरले तयार पारेका आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए । नेवार समुदायको कला संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा योगदान पु¥याउने हेतुले हेमा मानन्धरको अगुवाईमा नेप्लीज फेसन होमको आयोजनामा संचालन भएको प्रतियोगितामा काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोल प्रमुख अतिथि थिइन् । कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न उक्त कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको संयोजन रहेको थियो भने राजु नापित कार्यक्रमको नेपाल भाषा प्रशिक्षक रहेका थिए ।