कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सेलिब्रेटीले रुचाएका गन्तव्य
–
देश–विदेश घुम्ने चाहना सबैमा हुन्छ तर सबैलाई समय, पैसा तथा अवसरले साथ दिँदैन । सेलिब्रेटीका लागि यी तीनै पक्ष अनुकूल हुने हुँदा उनीहरू बेलामौकामा देश–विदेशका विभिन्न ठाउँ पुगिरहन्छन् । धेरैले मन पराएको स्वदेशी गन्तव्य पोखरा नै भए पनि विदेशी गन्तव्य फरक–फरक हुनसक्छ । गायिका इन्दिरा जोशी गीत गाउन २८ वटा देश पुगिसकेकी छिन् । उनले सबै देशका विभिन्न ठाउँ आफूलाई विशेष रमाइलो लागेको बताइन् । उनलाई मनैदेखि मन परेको गन्तव्य भने भेनिस हो । सहर नै पानीमा भएकाले त्यहाँ पुग्दा एक प्रकारको आनन्द आएको तथा सबैतिर डुंगामा जानुपर्ने हुँदा बेग्लै रमाइलो लागेको जोशीले बताइन् । यसपटकको दसैंमा समय, पैसा र भाग्यले साथ दियो भने भेनस पुग्ने उनको सोच छ । त्यस्तै उनलाई यूरोप टुरमा गएका सबै देश निकै मन परे । फ्रान्सका विभिन्न सहर तथा अमेरिकाको न्यूयोर्क फेसनेबल एवं फास्ट लाइफ भएकाले आफूलाई मनमर्ने गन्तव्य भएको उनले बताइन् । त्यस्ता देश घुमेपछि आफ्नो सोचमा पनि परिवर्तन आउने जोशीले बताइन् ।
नायिका नन्दिता केसी भर्खरै अमेरिकाबाट फर्किएकी छिन् । उनमा नयाँ–नयाँ ठाउँ घुम्ने रुचि पहिलेदेखि नै थियो । केसी अहिलेसम्म २० वटा देशमा कार्यक्रम लिएर पुगेकी छिन् । उनले सबै देशमा फरक–फरक विशेषता पाइन् । यद्यपि नन्दिताको मन यूरोप र अमेरिकाले नै तानेको छ । अमेरिका हरेक दृष्टिकोणबाट आफूलाई मन परेको गन्तव्य भएको उनले बताइन् । पेरिस छोटो समयका लागि मात्र घुम्ने मौका पाएकीले पेरिस घुम्ने चाहना नमेटिएको उनले जानकारी दिइन् । त्यसैले घुम्ने अवसर मिल्यो भने पेरिस नै अबको पहिलो गन्तव्य हुने नन्दिता बताउँछिन् । नन्दितालाई पेरिसको वातावरण तथा इफिल टावर निकै मनपरेको छ । इटालीको नजिकै पुगेर पनि सानैदेखि मन परेको गन्तव्य इटाली पुग्न नपाउँदा उनलाई नरमाइलो लाग्यो । त्यसैले उनी छिट्टै इटाली पनि जाने सोचमा छिन् । नन्दितालाई मन परेका गन्तव्य फ्रान्स, इटाली र अमेरिका नै हुन् ।
पूर्वमिस नेपाल माल्भिका सुब्बालाई मन परेको गन्तव्य अमेरिका र अस्ट्रेलिया हो । अमेरिकाको टेक्सास तथा न्यूयोर्क उनलाई मन परेका ठाउँ हुन् । यसपटक घुम्नका लागि भने आफूले अस्ट्रेलिया नै रोजेको सुब्बाले बताइन् । उनलाई अस्ट्रेलियाको सिड्नी तथा गोडकोस मन पर्छन् । माल्भिका घुम्न जति उत्साहित हुन्छिन् त्यति नै विभिन्न गन्तव्यमा गएर नयाँ–नयाँ परिकार चाख्नु र सपिङ गर्नु पनि उनको रोजाइमा पर्छन् । त्यसैले जहाँ राम्रा सपिङ मल, रेस्टुरेन्ट छन् त्यही ठाउँ नै उनको रोजाइको गन्तव्य हुनपुग्छन् । उनी अमेरिका तीन पटक र अस्ट्ेरलिया एकपटक पुगिसकेकी छिन् । मन परे पनि अमेरिका र अस्ट्ेरलिया गैरहन सम्भव हुँदैन भन्ने माल्भिकालाई थाइल्याण्ड पनि मनपर्छ ।
नायिका झरना थापालाई बैंकक सहर सबैभन्दा मन परेको गन्तव्य हो । नजिकै भएकाले गैरहन पनि सकिने, धेरै समय पनि नलाग्ने हुँदा उनलाई बैंकक सार्है मन पर्छ । बैंककमा रमाइलो गर्ने ठाउँ प्रशस्त भएको थापाले बताइन् । बैंककको पटाया बिच, फुकेटजस्ता धेरै ठाउँले झरनाको मन छुन्छन् । झरना परिवारसँग बिदा मनाउन र सपिङका लागि बैंकक जान्छिन् । मसाजका लागि पनि बैंकक राम्रो रहेकाले त्यहाँ पूरै रिल्याक्स फिल हुने उनको धारणा छ । नायिका थापालाई अरूलाई जस्तै यूरोप पनि मन पर्छ तर सबै दृष्टिबाट हेर्दा बैंकक नै आफ्ना लागि उपयुक्त गन्तव्य भएको झरनाले बताइन् । सिफुड तथा सपिङकी क्रेजी झरनाले अमेरिकाबाहेक प्राय: धेरै देश घुमिसकेकी छिन् तर पनि उनी बैंककमै रमाउन चाहन्छिन् ।
नायिका करिश्मा मानन्धरलाई आफ्नै देशका विभिन्न ठाउँ मन परेका गन्तव्यभित्र पर्छन् । चलचित्र क्षेत्रबाट टाढिएर केही वर्ष अमेरिका बसेकी करिश्मालाई अमेरिका पनि राम्रै लाग्यो तर घुम्नकै लागि मन परेको गन्तव्य भने सिंगापुर तथा स्विजरल्याण्ड हुन् । सिंगापुरको वातावरण तथा स्विजरल्याण्डको जस्तो हावापानीले उनको मन–मस्तिष्क तरोताजा बनाइदिन्छ । उनलाई छोरी कवितासँग लामो समय सिंगापुर एवं स्विजरल्याण्डमा समय बिताउन मन छ तर पनि जान सजिलो तथा छिट्टै पुगिने गन्तव्य बैंकक र भारत उनको रोजाइमा पर्छन् । भ्रमणमा जाँदा व्यस्त जीवनबाट छोटै समय भए पनि छुटकारा मिल्ने तथा नयाँ ऊर्जा थपिने करिश्मा बताउँछिन् । करिष्मा समय–समयमा घुम्न गैरहन्छिन् । यसपटक सिंगापुर नै आफ्नो
सेलिब्रेटीले रुचाएका गन्तव्य
–सिर्जना दुवाल श्रेष्ठ