Successfully Copied

गुरुङ ब्युटी पार्लर तथा एकेडेमी अब कुमारीपाटीमा

नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्था गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमीको, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, पूर्व मिस नेपाल रुबी राणा शाह, हिडेन टेजरका सुवर्ण क्षेत्री र सेलिब्रेटी कोरियोग्राफर तथा मोडल बिशाल गुरुङ ले संयुक्त रूपमा उद्घाटन गरे ।

३० वर्ष अघि पोखरामा सेवा सुरु गरेको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी प्रा.लि.ले अब राजधानीको कुमारीपाटीमा शाखा विस्तार गरेको छ । सेवा विस्तारलाई तिब्र बनाउंदै सौन्दर्य क्षेत्रमा ३० वर्षसम्म हासिल गरेको अनुभवलाई थप परिस्कृत र परिमार्जनसहित ललितपुरमा सेवा विस्तार गर्न सफल भएको संस्थापक–सञ्चालक चिनु गुरुङले बताइन । ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजको अगाडि गुरुङ व्युटिपार्लरको भव्य रुपमा नयां शाखा सञ्चालनमा आएको छ । 

नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्था गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमीको, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, पूर्व मिस नेपाल रुबी राणा शाह, हिडेन टेजरका सुवर्ण क्षेत्री र सेलिब्रेटी कोरियोग्राफर तथा मोडल बिशाल गुरुङ ले संयुक्त रूपमा उद्घाटन गरे । संस्थाका संस्थापक चिनु गुरुङका अनुसार कुमारीपाटीस्थित नया“ शाखामा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगमार्फत सम्पूर्ण सौन्दर्य सेवा उपलब्ध हुनेछ । 

उनका अनुसार सेवाग्राहीको सन्तुष्टि नै प्रेरणा हो भन्ने लक्ष्यका साथ संस्थाले सेवा विस्तार गरिरहेको हो । पोखराबाट सुरु भएको गुरुङ ब्युटीपार्लर तथा एकेडेमी कुमारीपाटीसहित हाल सात वटा शाखामा सेवा दिइरहेको र आगामी दिनमा देशभर सेवा विस्तार गर्ने योजनामा रहेको गुरुङले बताइन् ।
सन् १९९५ मा स्थापना भएको यस संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौंलाई रोजगारी प्रदान गर्दै आएको छ । बेरोजगारी न्यूनीकरण, आर्थिक सशक्तिकरण, आत्मनिर्भरता र सीप विकासलाई मूल मन्त्र बनाउंदै संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा अघि बढाउंदै आएको छ यसै कारण पनि गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी अहिले नेपालकै चर्चित सौन्दर्य ब्रान्डका रूपमा स्थापित छ । विशेषगरी यसअन्तर्गतको गुरुङ ब्युटी एकेडेमी देशकै प्रतिष्ठित सौन्दर्य तालिम संस्थामध्ये एक मानिन्छ । एकेडेमीले सीटीइभीटी तथा एनएसटीबी मान्यता प्राप्त ब्युटिसियन कोर्स, कस्मेटोलोजी, बार्बरिङ, एस्थेटिक्स लगायतका व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ । अनुकूलित प्याकेज र व्यावहारिक सिकाइका माध्यमबाट आवश्यक सीप र ज्ञान प्रदान गर्दै आएको एकेडेमीबाट प्रशिक्षित विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सफलतापूर्वक कार्यरत छन् । विज्ञ प्रशिक्षक, मैत्रीपूर्ण वातावरण र व्यावहारिक सिकाइका कारण गुरुङ ब्युटी एकेडेमी सौन्दर्य क्षेत्रमा करियर निर्माण गर्न चाहनेका लागि विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
ललितपुरको यो शाखामा सौन्दर्य सेवा र एकेडेमी दुवैलाई लक्षित गरिएको सञ्चालक चिनु गुरुङ्गको भनाइ छ । सौन्दर्य क्षेत्रको बेसिक, प्रोफेशनल तथा एड्भान्स तालिम सञ्चालन हुनुका साथै सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने गुरुङले जानकारी दिइन् । संस्थाले तालिमका लागि विविध पाठ्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा ब्युटिसियन कोर्स, मेकअप आर्टिस्ट्री, कोस्मेटोलोजी, वार्मेज, एस्थेटिक, हेयर टेक्नोलोजी, न्यानोप्लास्टिक, केराटिन तथा धेरै व्यावसायिक सौन्दर्य प्रशिक्षणहरू समावेश छन्। प्रशिक्षकहरू अनुभवी तथा अन्तर्राष्ट्रिय स्तरका मार्गदर्शक भएकाले यहाँबाट पास गरेका विद्यार्थीहरू छिट्टै रोजगारी र अवसर पाउन सफल हुने गरेको उनको भनाइ छ।

नयां शाखामा उपलब्ध सेवामा जेल–नेल एक्सटेन्सन, रिफिल, रिमुभ, आइल्यास एक्सटेन्सन, थ्रेडिङ, आइब्रो वाक्स, माइक्रोब्लेडिङ, माइक्रोसिडिङ, फूलबडी वाक्सिङ, पील ब्लसिङ्ग, मेकअप तथा हेयर स्टाइल, मेनिक्योर–पेडिक्योर, हाइड्राफेसियल, बिबि ग्लो, कार्बन लेजर, हेयर बटक्स, केराटिन, न्यानोप्लास्टिक, स्पा, हेयर रिबोन्डिङ्ग लगायतका सेवा समावेश छन् । ग्राहकमैत्री वातावरण, अत्याधुनिक उपकरण र व्यावसायिक जनशक्तीमार्फत गुणस्तरीय सेवा प्रदान गर्न संस्थाले प्रतिवद्धता व्यक्त गरेको छ । गुरुङ ब्युटिपार्लरको प्रधान कार्यालय पोखराको न्युरोडमा छ भने पृथ्वीचोक, भाटभटेनी, बगर, चिप्लेढुङ्गा, तनहुँको दुलेगौंडा लगायतमा अन्य शाखा सञ्चालन भइरहेको छ । सेवालाई देशव्यापी बनाउने लक्ष्यसहित राजधानीमा समेत सेवा विस्तार गरिएको जनाइएको छ । संचालक गुरुङका अनुसार धैर्यता, निरन्तर संघर्ष र आत्मविश्वासले नै आफुलाई यो सफलताको शिखरमा पु¥याएको हो । 

 Image