हेयर एण्ड शान्तीको अर्को शाखा पोखरामा
पोखराको न्युरोडमा खुलेको हेयर एण्ड शान्तिको यो ११ औं शाखा हो ।
काठमाडौँको नक्सालमा आयोजित कस्मेटिका एक्स्पो २०२५ अन्तर्गत कपाल, छाला, मेकअप तथा नेल केयरसम्बन्धी परामर्श सेसन शनिबार सम्पन्न भएको छ।
सौन्दर्य, मेकअप तथा व्यक्तिगत हेरचाह क्षेत्रमा देखिएका नवीनतम ट्रेन्ड, सीप विकास र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले उक्त सेसन इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आईएसएएस) ब्यूटी स्कूल को सहकार्यमा आयोजना गरिएको थियो।
सेसनमा सहभागीहरूले राम्रो मेकअप आर्टिस्ट बन्न आवश्यक इन्स्टिच्युट छनोटका मापदण्ड, कुन कोर्सबाट करियर सुरु गर्ने, सामाजिक सञ्जालमा देखाइने ट्रेन्ड र व्यावहारिक सिकाइबीचको अन्तरलगायत विषयमा जिज्ञासा राखेका थिए। आईएसएएसका अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकहरूले ती जिज्ञासाको स्पष्ट उत्तर दिएका थिए।
जिज्ञासाको उत्तर दिँदै आईएसएएस ब्यूटी एकेडेमीकी सिडेस प्रमाणित प्रशिक्षक क्रिस्टिना सुब्बाले शुल्क मात्र हेरेर इन्स्टिच्युट छनोट गर्ने प्रवृत्तिले गुणस्तरीय शिक्षा नदिने बताइन्। “अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थामा शुल्क केही महँगो हुन सक्छ, तर यसले विश्व बजारमा पहिचान, अवसर र करियर निर्माणमा दीर्घकालीन सहयोग गर्छ,” उनले भनिन्।
एलएपीटी प्रमाणित प्रशिक्षक प्रीति पाण्डे द्रुबाले सामाजिक सञ्जालमा देखिने भिडियोको भरमा मात्र इन्स्टिच्युट नछान्न सुझाव दिँदै पाठ्यक्रम, प्रशिक्षक तथा सिकाइ वातावरण बुझ्न प्रत्यक्ष भ्रमण आवश्यक रहेको बताइन्।
सिडेस डिप्लोमा इन कस्मेटोलोजी प्रमाणित प्रशिक्षक प्रकृति मिश्राले कस्मेटोलोजीको गुणस्तरीय सीपले विश्वव्यापी नेटवर्क विस्तार र बजार निर्माणमा ठूलो भूमिका खेल्ने बताइन्। मेहनत, निरन्तर अभ्यास र ट्रेन्डअनुसार आफूलाई अपडेट गर्दै अघि बढे सफल मेकअप तथा हेयर आर्टिस्ट बन्न सकिने उनको भनाइ थियो।
विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा हेभी मेकअपको ट्रेन्ड घट्दै गएको छ भने प्राकृतिक र स्किन–फ्रेन्ड्ली मेकअपप्रति आकर्षण बढ्दो छ।
आयोजकका अनुसार कस्मेटिका एक्स्पो २०२५ ले सौन्दर्य क्षेत्रमा रुचि राख्ने विद्यार्थी, व्यवसायी तथा आम सर्वसाधारणलाई विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्या र समाधानबारे जानकारी लिने अवसर प्रदान गरेको छ।
काठमाडौँको बानेश्वरमा स्थापना भएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज ब्यूटी स्कुल आईएसएएसले सौन्दर्य शिक्षामा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सर्टिफिकेसनसहितका पाठ्यक्रम सञ्चालन गर्दै आएको छ। यसले सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियो जस्ता आफ्नै उद्यम सुरु गर्न चाहनेलाई आवश्यक परामर्श र प्रशिक्षण प्रदान गर्दै आएको छ।
अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा ख्यातिप्राप्त भक्ति साप्केलद्वारा स्थापना गरिएको आईएसएएस करिब दुई दशक लामो अनुभव बोकेको ब्रान्ड हो। साप्के सिडेसको सेसन यूएईकी अध्यक्ष समेत हुन्।
पछिल्ला १४ वर्षमा आईएसएएसबाट ६ हजारभन्दा बढी विद्यार्थी स्नातक तह उत्तीर्ण भई विश्वका विभिन्न मुलुकमा सफल करियर निर्माण गरिरहेका छन्। एकेडेमीमा कस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आईलैश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम सञ्चालनमा छन्।
तालिमपछि विद्यार्थीहरूलाई युरोप, मिडल इस्ट, क्यानडा, अस्ट्रेलिया लगायतका क्षेत्रमा पाँचतारे होटल, लक्जरी स्पा, क्रुज तथा फेशन शोमा रोजगारीका अवसरमा पहुँच पुर्याउन समन्वय गरिने आईएसएएसले जनाएको छ।
यसैबीच, आईएसएएसले अब पाठ्यक्रम शुल्कमै अन्तर्राष्ट्रिय प्रमाणीकरण समावेश गर्ने घोषणा गरेको छ। यसले गर्दा विद्यार्थीहरूले अतिरिक्त वा लुकेका शुल्क तिर्नु नपर्ने बताइएको छ।
नयाँ वर्षको अवसरमा आईएसएएसले कस्मेटोलोजी पाठ्यक्रममा नयाँ भर्नाका लागि २० प्रतिशत विशेष छुट पनि उपलब्ध गराएको छ, जसले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य शिक्षा लिन इच्छुकहरूका लागि थप सहजता ल्याएको छ।