Successfully Copied

‘शारीरिक र मानसिक स्वास्थ्यका लागि स्पा’

नेपालमा स्पा तथा वेलनेसप्रति आकर्षण बढ्दो छ । आममानिसमा पनि स्पा स्वस्थ जीवनको अभिन्न पाटो हो भन्ने बुझाइ विकास हुँदै गएको छ ।


मोनिका बन (महाप्रबन्धक, ट्रयान्क्विलिटी स्पा)



नेपालमा स्पाप्रतिको आकर्षण कत्तिको बढेको छ ?
नेपालमा स्पा तथा वेलनेसप्रति आकर्षण बढ्दो छ । आममानिसमा पनि स्पा स्वस्थ जीवनको अभिन्न पाटो हो भन्ने बुझाइ विकास हुँदै गएको छ । हिजोका दिनमा धेरै मानिसलाई स्पा के हो र यसका के–कस्ता फाइदा छन् भन्ने वास्तविकता थाहा थिएन । तर, अहिले उत्साहजनक आकर्षण र उपस्थिति देख्दा खुसी लाग्छ ।
स्पाभित्र के–कस्ता सेवा पर्छन् ?
यदाकदा स्पाप्रति संकुचित धारणा नभएको होइन । स्पाअन्तर्गत विभिन्न किसिमका शारीरिक र मानसिक रूपमा फाइदाजनक सेवा पर्छन् । आयुर्वेदिक थेरापीअन्तर्गत वस्ती, शिरोधारा, कपिङ, किडी आदि सेवाका साथै ज्याकुजी, साउना, स्टिम, जिम, योगा, जुम्बा, स्विमिङ, ब्युटी सलोन समेतका सेवा यसैभित्र पर्छन् ।

स्पा गर्नु किन आवश्यक छ, फाइदा के–कस्ता छन् ?

स्पा मानव स्वास्थ्यसँग सम्बन्धित विषय हो । स्पा सेवा लिनाले मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सुधार हुन्छ । पुनर्ताजगीका साथै स्फुर्ती कायम राख्छ । स्पाले शारीरिक स्वास्थ्यका अलावा व्यक्तिमा आनन्द र रिल्याक्सेसन पैदा गर्छ । मसाज थेरापी आफैंमा एक विज्ञान र आयुर्वेदसँग पनि सम्बन्धित भएकाले आजको भागदौड, व्यस्तता र तनावयुक्त समयमा यो विशेष उपचार विधि कहिलएको छ ।
ट्रयान्क्विलिटी स्पाको विशेषता के हो ?
ट्रयान्क्विलिटी स्पा वेलनेसका क्षेत्रमा आफैंमा एउटा स्थापित ब्रान्ड हो । स्पाप्रतिको नकारात्मक धारणालाई चिर्दै यो मानव स्वास्थ्यका लागि अपरिहार्य छ भन्ने मान्यता स्थापित गर्न सफल भएको छ । ट्रयान्क्विलिटीले नेपालका अधिकांश पाँचतारे होटलबाट आयुर्वेदिक डाक्टरसहित परम्परागत उपचार पद्धतिमा आधारित स्तरीय थेरापी सेवा प्रदान गरिरहेको छ । देश–विदेशमा समेत सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी शाखाबाट ट्रयान्विलिटीले स्पा सेवा उपलब्ध गराउँदै आएको छ । हामी स्पा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति आफैं उत्पादन गरिरहेका छौं । हालको विकराल बेरोजगारी समस्यालाई समेत दृष्टिगत गर्दै ट्रयान्विलिटीले आफ्नो सिस्टर अर्गनाइजेसन ‘ट्रयान्विलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमी (टिआइइबिएसए)’ मार्फत दक्ष जनशक्ति उत्पादन गर्नुका साथै रोजगारी समेत प्रदान गरिरहेको छ ।


 Image