Successfully Copied

आँचल शर्मा 

सातामा दुई दिन प्यारासुट तेलले मसाज गर्छु । मसाज गर्दा धेरै तेल प्रयोग गर्दिन । धेरै तेल लगाउँदा स्याम्पु पनि धेरै प्रयोग गर्नुपर्ने भएकाले केश झनै सुख्खा हुन्छ ।

तपाईं कसरी केशको स्याहार गर्नुहुन्छ ?

सातामा दुई दिन प्यारासुट तेलले मसाज गर्छु । मसाज गर्दा धेरै तेल प्रयोग गर्दिन । धेरै तेल लगाउँदा स्याम्पु पनि धेरै प्रयोग गर्नुपर्ने भएकाले केश झनै सुख्खा हुन्छ । समयको अभाव हुने भएकाले पनि म केशलाई त्यति धेरै स्याहार–सुसार गर्दिन ।

तपाईंको केश कुन प्रकारको हो ?

मेरो केश सामान्य प्रकारको हो ।

केशमा कस्तो समस्या छ ?

हल्का केश झर्ने समस्या थियो । सुटिङमा गइरहनुपर्दा दिनहुँ केशमा केमिकल प्रयोग गर्नुपर्छ । त्यसैले केश ढिलो बढ्ने समस्या छ । 

कस्तो किसिमको हेयर कट रुचाउनुहुन्छ ?

मलाई लामो केश मनपर्छ । तर केश चाँडै नबढ्ने समस्या भएकाले छोटो हेयर कट गर्छु । मलाई ‘इक्वेल लेन्थ’ भएको केश मनपर्छ । 

तपाईले प्रवर्द्धन गर्नुभएको ब्रान्ड कस्तो हो ?

यो पहिलेदेखि स्थापित भइसकेको ब्रान्ड हो । हाम्रा हजुरआमा, आमा एवं दिदीबहिनीहरूले पनि यही ब्रान्डको तेल प्रयोग गर्नुभएको हो । मैले पनि यही तेल प्रयोग गरिरहेकी छु । कम्पनीले स्याम्पु पनि बजारमा ल्याएको छ । केशमा एउटै ब्रान्डको तेल र स्याम्पु प्रयोग गर्दा राम्रो हुन्छ ।

 Image