Successfully Copied

घरमै सुन्दर हुने चार उपाय

कोरोनाकाकारण लकडाउनमा घरमै हुँदा पार्लरमा गएर स्किन केयर गर्न सम्भव छैन । यो अवस्थामा घरमै बसेर छाला, कपाल र दाँतको स्याहार गर्न सकिन्छ । यसका लागि अलिकति जाँगर मात्र चलाउनु पर्छ । फेसियल तथा स्क्रबले छालामा जमेको मृतकोशिकालाई सफा गर्छ । 

गर्मीको बेला छालामा विभिन्न समस्याहरु आउँछन् । यसकारण अरुबेलाभन्दाबढी केयर पनि गर्नु पर्छ । तर अहिले कोरोनाकाकारण लकडाउनमा घरमै हुँदा पार्लरमा गएर स्किन केयर गर्न सम्भव छैन । यो अवस्थामा घरमै बसेर छाला, कपाल र दाँतको स्याहार गर्न सकिन्छ । यसका लागि अलिकति जाँगर मात्र चलाउनु पर्छ । फेसियल तथा स्क्रबले छालामा जमेको मृतकोशिकालाई सफा गर्छ । 

फेसियल स्क्रब

घरमै तयार पारिएको भन्दा राम्रो स्क्रब अरु हुँदैन । यसलाई हरेक तीन दिनमा प्रयोग गर्न सकिन्छ । स्क्रब गर्नु अघि छालाको प्रकारमा ध्यान पु¥याउनु आवश्यक हुन्छ । तैलीय छाला छ भने जौको आटामा मूलतानी माटो, पुदिनाको रस एवं कागतीको रस मिसाएर लगाउनुपर्छ । घामबाट प्रभावितवा सुख्खा छालाका लागि जौको आटामा दही मिसाएर लगाउनुपर्छ । यसमा महको केही थोपा पनि मिसाउन सकिन्छ ।

फुटस्क्रब

प्युमिक स्टोन गोलीगाँठोबाट मृत छाला निकाल्न प्रभावकारी हुन्छ । आवश्यकता भन्दा बढी अर्थात् गोलीगाँठासम्म स्क्रेपर रगड्दा संक्रमण बढ्ने सम्भावना हुन्छ । गोलीगाँठाको छाला संवेदनशील हुने भएकाले त्यसमा विभिन्न समस्या देखापर्न सक्छन् । खुट्टा नराम्रोसँग फुटेको छ भने ब्लिडिङ हुन थाल्छ । यस्तोमा एन्टिसेप्टिक क्रिम लगाउनुपर्छ जसबाट इन्फेक्सनको समस्या हुँदैन । यसबीच पेडिक्योर गराउनु हुँदैन र तातो वेक्स पनि हाल्नु हुँदैन ।

प्युमिक स्टोन प्रयोग गरेपछि छाला सुख्खा राख्नुपर्छ, ताकि त्यसमा ब्याक्टेरिया मौलाउन नपाओस् । स्टेनलेस स्टिलको तुलनामा प्युमिक स्टोन बढी प्रभावकारी र सफागर्न सहज हुन्छ । सातामा एकपटक गोलीगाँठामाथिको छालालाई पानीले भिजाएर डेड सेल सहजै निकाल्न सकिन्छ । त्यसपछि खुट्टालाई सुकाएर फुट क्रिम लगाउनुपर्छ । अल्फा हाइड्रोक्सी एसिडयुक्त फुटक्रिम बढी लाभदायक हुन्छ । यसलाई लगाउँदा छालामा डेडसेल कम जम्छ र स्क्रेलिपकमगर्नुपर्ने हुन्छ ।

हेयरकेयर

भोल्युमाइजिङ मुज जेल स्प्रेको काम केशलाई इन्स्टेन्ट भोल्युम दिने हो तर यसले केशमा दुष्प्रभाव पर्छ । यसमा भएको अल्कोहलले केशको नरमपन नष्ट गर्छ र केही समयपछि केश हल्का हुन्छ । त्यसैले सातामा एकपटक क्लियरिफाइङ क्लियर स्याम्पु लगाउनुपर्छ । केशकालागि अल्कोहलफ्रि र वाटर वेस स्टाइलिस प्रोडक्ट उपयुक्त हुन्छ ।

मेहन्दीजस्तो होममेड प्याकले केशलाई हल्काभोल्युम दिनुपर्छ । केश कन्डिसनर गरिएजस्तो देखिन्छ । यसलाई धेरै लामो समयसम्मप्रयोग गर्दा वा १० दिनमा एकपटक प्रयोग गर्दा केशमा सुख्खापन देखा पर्छ ।

छाला र दाँतलाई ब्लिचिङ

सबै प्रकारको ब्लिचमा प्याराअक्साइड हुन्छ जसले छाला र दाँतलाई तुरुन्तै सफा गर्छ । डेन्टिस्टकहाँ जाने झन्झटका कारण टिच ह्वाइटनिङ किट प्रयोग गर्दा त्यसलाई कति समय प्रयोग गर्ने थाहा हुँदैन । यसैगरी छाला ब्लिचकालागि पनि ब्लिचिङ किनेर ल्याइन्छ तर कति समयको अन्तरालमात्यसको प्रयोग गर्ने जानकारी हुँदैन । कतिपय महिलाले हरेक सातामा त कतिपयले १५ दिनपछि यसको प्रयोग गर्छन् । छाला विशेषज्ञहरूका अनुसार यसरी छोटो समयको अन्तरमा ब्लिचगर्दा छाला सुख्खा हुन्छ ।

त्यस्तै पोटासियमयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ । कागती र मह बराबर मात्रामामिसाएर तयार पारिएको नेचुरल ब्लिचिङ लगाउनुपर्छ र १५ मिनेटपछि अनुहार धुनुपर्छ । टिथ ब्लिचले दाँतखराब हुनसक्छ । काँचो बेसार, अनारको रस, टमाटर, कोला, चिया–कफी आदि कमप्रयोग गर्नुपर्छ ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

 Image