Successfully Copied

अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएस काठमाडौँमा

आइएसएएसको तालिमपछि युरोप, मध्यपूर्व, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकका पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो मा रोजगारीका अवसरहरू प्राप्त गर्न सहज हुने एकेडेमीले जनाएको छ ।


सौन्दर्य शिक्षामा अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको आइएसएएस ब्यूटी स्कुल अब नेपालमा पनि सञ्चालनमा आएको छ । करिब साढे चार करोड रुपैयाँको लगानीमा काठमाडौँको नयाँ बानेश्वरमा स्थापित नयाँ शाखाको उद्घाटन अभिनेत्री वर्षा सिवाकोटीले गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री सिवाकोटीले आइएसएएसले नेपाली महिलाहरूलाई सशक्त बनाउँदै शिपमूलक रोजगारी र उद्यमशिलताका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् । ‘यो स्कुल महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानको एउटा हिस्सा हो’ उनले भनिन् ।
भारत, दुबई, श्रीलंका लगायत विभिन्न देशमा सफलता हात पारिसकेको आइएसएएस स्कुलको नेपाल शाखा ग्लोबल ब्यूटी आइकन भक्ति साप्केको अगुवाइमा सुरु गरिएको हो । साप्के ‘सीआइडीइएससीओ सेक्सन युएई’ की अध्यक्षसमेत हुन् र उनीसँग ब्यूटी इन्डस्ट्रीमा दुई दशकभन्दा बढीको अनुभव छ ।
उनका अनुसार, आइएसएएसले हालसम्म ११ देशमा आउटलेट स्थापना गरिसकेको छ भने अमेरिका लगायत अन्य मुलुकमा विस्तारको तयारी भइरहेको छ । ‘हामीले केवल स्कुल मात्र खोलेका छैनौं, नेपालका युवालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अभियान पनि सुरु गरेका छौँ’ साप्केले भनिन् ।
४५ भन्दा बढी अन्तर्राष्ट्रिय पाठ्यक्रम उपलब्ध
नयाँ शाखामा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका कोर्सहरू अध्यापन गरिनेछ ।
छोटा तथा दीर्घकालीन तालिम उपलब्ध हुने भएकाले विद्यालय, कलेज उत्तीर्ण, विदेश जान चाहने, करिअर परिवर्तन गर्ने, उद्यम सुरु गर्ने वा सीप अभिवृद्धि गर्न चाहने सबैका लागि यो स्कुल उपयोगी हुने बताइएको छ ।
विद्यार्थीले तालिम पूरा गरेपछि सीआइडीइएससीओ (स्विट्जरल्यान्ड), पीभोट पोइन्ट (अमेरिका), एलटीटी (लन्डन), केएचडीए/डीएचए (दुबई), टीभीईटी (यूएई) जस्ता अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र पाउनेछन् ।

रोजगारी र उद्यममा अन्तर्राष्ट्रिय अवसर
आइएसएएसको तालिमपछि युरोप, मध्यपूर्व, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकका पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो मा रोजगारीका अवसरहरू प्राप्त गर्न सहज हुने एकेडेमीले जनाएको छ ।
साथै, स्कुलले व्यवसाय सञ्चालनका लागि आवश्यक सफ्ट स्किल, ग्राहक सेवा, व्यवस्थापन, खुद्रा बिक्री सम्बन्धी प्रशिक्षणसमेत प्रदान गर्नेछ । सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न चाहनेहरूका लागि परामर्श सेवा पनि उपलब्ध गराइनेछ ।
भक्ति साप्केले स्थापना गरेको आइएसएएस स्कुलबाट हालसम्म ९ हजारभन्दा बढी विद्यार्थी स्नातक भई विश्वभर करिअर बनाइरहेका छन् । साप्के टाइम्स फेसन वीक, फेस अफ इन्डिया, पुणे फेसन वीकजस्ता ५० भन्दा बढी ठूला सौन्दर्य तथा फेसन इभेन्टमा हेयर र मेकअप आर्टिस्टको रूपमा काम गरिसकेकी छन् । उनका अनुसार, आइएसएएस नेपालले नेपाली सौन्दर्यप्रेमी युवा र उद्यमशीलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा उजागर गर्न मद्दत गर्नेछ ।

 Image