जुम ब्युटी एकेडेमीले ग्राण्ड ब्युटी सेमिनार एण्ड एक्स्पो २०२५ को विशेष आकर्षणको रूपमा ‘न्यानोप्लेक्स’ लाईभ डेमो सम्पन्न भएको छ । ‘ एडभान्स हेयर साइन्स इन एक्सन’ शिर्षक अन्तर्गत आयोजित यो सेमिनारमा वैज्ञानिक सौन्दर्य प्रविधिको प्रदर्शन गरिएको थियो ।
सेमिनार सञ्चालक कृशप त्वानाबासु र जुनु चक्रधरको नेतृत्वमा यो उन्नत हेयर ट्रिटमेन्ट विधि प्रदर्शन गरिएको थियो । जसले उपस्थित सौन्दर्यकर्मीहरूलाई नवीनतम प्रविधि र व्यवहारिक तालिम प्रदान गर्यो ।
न्यानोप्लेक्स उपचार प्रविधि विशेषगरी कपालको क्षति मर्मत गर्ने, मजबूती ल्याउने र चमक प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो । सेमिनारमा सहभागीहरूले थियोरिटिकल जानकारीसहित प्रत्यक्ष प्रायोगिक अनुभव पनि प्राप्त गरे।
सेमिनारको उद्देश्य सौन्दर्य पेशाकर्मीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउनु, प्रयोगात्मक दक्षता प्रदान गर्नु र आत्मविश्वाससाथ सेवा प्रदान गर्न प्रेरित गर्नु रहेको आयोजक पक्षले जनाएको छ ।