Successfully Copied

रूखो केशको हेरचाह

यो मौसममा छालासँगै केश पनि सुख्खा र रुखो हुन्छ ।



यो मौसममा छालासँगै केश पनि सुख्खा र रुखो हुन्छ । यसले केश टुक्रने, हाँगा फाट्ने र झर्ने समस्या बढ्छ । केश ड्यामेज हुनु भनेको यसमा धेरै रसायनयुक्त प्रसाधन र सही तरिकाले हेरचाह नगर्नु नै हो । यसैगरी कडा घाम, बदलि“दो मौसम, तनाव र प्रदूषणले पनि केशमा विभिन्न समस्या देखिन्छ । बजारमा पाइने सामग्रीमा रसायन मिसाइएको हुन्छ । यस्ता प्रसाधनले केशलाई नकारात्मक असर गरिरहेको हुन्छ । कतिपय सौन्दर्य प्रसाधनको प्रयोग नगरी हुँदैन तर त्यसबाट हुने असरलाई भने कम गर्न सकिन्छ । केशको सही स्याहारसुसारका लागि हेयर मास्क सबैभन्दा उत्तम विकल्प हो ।

नरिवल तेल र मह
नरिवल तेलले केशको जरा बलियो बनाउँछ । केशलाई नरम र चम्किलो पनि बनाउँछ । महले केशलाई ‘मोइस्चर’ प्रदान गर्छ । यी दुवै मिलाएर बनाइएको ‘मास्क’ ले सुख्खा र रुखो केशलाई फाइदा पु¥याउँछ । त्यसका लागि एक चम्चा मह र एक चम्चा नरिवल तेल मिसाएर ग्यासमा हल्का तताउने । त्यसपछि सबै केशमा पुग्नेगरी राम्रोस“ग लगाउने र २० मिनेटसम्म सावर क्यापले ढाक्ने । त्यसपछि सादा पानीले पखालिदिनुपर्छ ।
केरा र मह
सुख्खा र ‘ड्यामेज’ भएको केशका लागि केराको सेवन गर्नु राम्रो हो । यसमा ‘मोस्चराइजिङ’ गुण हुन्छ । यसले केशलाई पर्याप्त हाइड्रेसन प्रदान गर्छ । केरामा पोटासियम, भिटामिन बी–६, भिटामिन–सी, म्याग्नेसियम, प्रोटिनको मात्रा भरपूर हुन्छ । दुईवटा केरामा दुई चम्चा मह मिसाएर मज्जाले फिट्ने । त्यसपछि केश हल्का भिजाएर यो मिश्रण पूरै केशमा लगाउने र सावर क्यापले छोपिदिने । आधा घण्टापछि सफा पानीले पखाल्दा केश नरम हुन्छ ।


प्याज, नरिवलको तेल र अमला
प्याजमा पाइने सल्फरले जरा बलियो बनाउनुका साथै केशको वृद्धिमा पनि सघाउँछ । धेरैले बाक्लो र लामो केशका लागि प्याजको रस लगाउ“छन् । एउटा प्याजको रसमा एक चम्चा नरिवलको तेल र दुई चम्चा अमलाको पाउडर मिसाएर पेस्ट बनाउने । उक्त पेस्टलाई केशमा लगाएर ४५ मिनेटजति त्यत्तिकै छाडिदिने र स्याम्पुले केश पखालिदिने । यसले केश झर्ने समस्या रोक्छ ।
नरिवलको तेल, स्ट्रबेरी र मह
यी सबै मिलाएर बनाइएको हेयर मास्कले केशलाई नरम, सिल्की र चम्किलो बनाउ“छ । साथै ड्यामेज केशलाई रिपेयर पनि गर्छ । त्यसका लागि ६–७ वटा स्ट्रबेरी, एक चम्चा नरिवलको तेल र एक चम्चा तेलको आवश्यकता पर्छ । यी सबै सामग्री मिक्सरमा राखेर पिस्ने । यो मास्कलाई लगाउनुपूर्व केशलाई हल्का भिजाउनुपर्छ । त्यसपछि पूरै केशमा मास्क लगाउने र १५ मिनेटपछि मनतातो पानीले पखाल्ने ।
दही र कागती
सुख्खा केशबाट छुटकारा पाउन दहीको प्रयोग गर्नुपर्छ । त्यसका लागि एक कप दहीमा एउटा कागतीको रस मिसाएर मिश्रण तयार गर्ने । त्यसपछि पूरै केशको जरामा पुग्ने गरी लगाउने । आधा घण्टापछि सादा पानीले पखालिदिने । यसले केशलाई मुलायम र चम्किलो बनाउँछ । चायाँबाट छुटकारा मिल्छ । दही र कागती दुवै स्काल्पका लागि फाइदाजनक मानिन्छ ।

केरा, अण्डा र मह
अण्डामा पाइने प्रोटिनले केश बढ्न मद्दत गर्छ । यी सबै सामग्री मिसाएर बनाइएको मास्कले सुख्खा केशलाई मोस्चराइजर प्रदान गर्छ । यो मास्क बनाउनका लागि दुईवटा केरामा एउटा अण्डा राख्ने र त्यसमा एक चम्चा मह मिसाइदिने । अण्डा केशमा लगाउ“दा गन्हाउने भएकाले त्यसबाट छुटकारा पाउनका लागि लेवेन्डर, सुन्तला वा कागतीको फ्लेवर भएको तेल मिसाउन सकिन्छ । यो मास्कलाई पूरै केशमा लगाएर २० मिनेटसम्म छोडिदिने र स्याम्पु लगाएर पखाल्ने ।
अण्डा र कागती
अण्डामा भिटामिन ‘ए, डी, ई र फ्याटी एसिड पाइन्छ । यसले केशलाई चम्किलो बनाउन सघाउँछ भने कागती भिटामिन ‘सी’ को राम्रँे स्रोत हो । यसले स्काल्पमा हुने समस्याहरूलाई हटाउँछ । भिटामिन ‘सी’ ले केशलाई बलियो बनाउँछ । आधा कागतीको रस र एउटा अण्डाको सेतो भाग मिसाएर मास्क बनाउने । यो प्याक मज्जाले घोलिएको हुनुपर्छ । यसलाई पूरै केशमा लगाएर सावर क्यापले ढाकिदिने । ३० देखि ४५ मिनेटसम्म राखेर स्याम्पु लगाएर पखाल्ने ।

‘ग्रिन–टी’ र अण्डा
केश झर्ने, रुखो र सुख्खा केशका लागि ‘ग्रिन–टी’ हेयर मास्क उपयोगी हुन्छ । यसमा ‘एन्टी अक्सिडेन्ट’ र ‘प्याथेनल’ गुण हुन्छ । यसमा भएको औषधीय गुणले केशलाई फाइदा पु¥याउँछ । यसका लागि २० मिनेटजति तातोपानीमा ‘ग्रिन–टी’ भिजाउने । त्यसपछि त्यसलाई छानेर पानीमात्र राख्ने त्यसमा दुईवटा अण्डा हालेर मज्जाले फिट्ने । यो मिश्रण धेरै बाक्लो वा धेरै पातलो हुनुहु“दैन । यो मिश्रणलाई पहिले सबै केशको जराजरामा लगाउने र पछि पूरै केशमा लगाइदिने । ४० मिनेटजति राखेर त्यसपछि स्याम्पुले पखालिदिने ।




हेयर मास्कको फाइदा

केश चम्किलो र नरम हुन्छ । ‘ड्यामेज’ भएको केशलाई ‘रिपेयर’ गर्छ । केश चिलाउने समस्याबाट छुटकारा दिन्छ । चायाँ भएको र केश झर्ने समस्या भएकालेलाई फाइदा पु¥याउँछ । केशलाई टुक्रिनबाट बचाउँछ । बलियो र स्वस्थ केश बनाउँछ ।

 Image