Successfully Copied


मेष
कुनै कामको जिम्मेवारीले व्यस्त बनाउनेछ । समयावस्था विचारेर कामको बाँडफाँड गर्नसके आफैलाई सजिलो होला । महिनाको पूवाद्र्ध अनुकूल रहनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । कुनै कुरामा गरेको लगानीको प्रतिफल उठ्नेछ । आत्मीयजन एवं इष्टमित्रसित भेटघाट हुनसक्छ । महिनाको उत्तराद्र्धमा भने काममा अनपेक्षित बाधा आइलाग्नसक्छ । कसैकसैले कुरैकुरामा तपाईंलाई अल्मल्याउन सक्छन् । सकेसम्म आफ्नो गोपनीयतामा ध्यान दिएर काम गर्नुपर्नेछ । रक्तचाप एवं हेमोग्लोबिनको ओखती सेवन गरिरहेकाले स्वास्थ्य, व्यायाम र खानपानमा जोड दिनुपर्ला ।


वृष
विभिन्न कामकुरालाई लिएर पारिवारिक छलफल हुनेछ । कतिपय काम आफ्नै सुझबुझले गर्नुपर्छ । विविध कामकुराले गर्दा व्यस्त रहनुपरे पनि कतिपय कामहरू भने आपूm अनुकूल नै रहनेछन् । कुनै कुुराले अनपेक्षित रूपमा मन चञ्चल बनाउनसक्छ । आत्मविश्वासका साथ आपूmलाई अघि बढाउनुपर्ने अवस्था छ । प्रतिस्पर्धात्मक काम गर्दा आफ्नो गोपनीयतामा ध्यान दिनुपर्ला । आपूmले गरेको कुनै कामको राम्रो प्रतिफल आउनसक्छ । सोचेअनुरूप समयलाई तह लगाउन सकिनेछ । विभिन्न कुराको लाभ हुनेछ । मनपर्दो खानपानमा मन आकृष्ट हुनसक्छ । समग्रमा महिना ठीकै रहनेछ ।


मिथुन
कतै घुमघाम गर्ने मौका जुट्नसक्छ । विविध कुराले गर्दा मनलाई रमाउने मौका मिल्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । मनमा आत्मविश्वास बढ्दै जाँदा कसैले केही भने पनि खासै फरक पर्ने छैन । आफ्नो कार्यक्षेत्रबाट राम्रो लाभ हुनेछ । व्यावहारिक र आर्थिक दुवै क्षेत्र सुदृढ रहनेछन् । दाम्पत्य जीवनमा एकापसमा राम्रो समझदारी कायम रहनेछ । टाउको, आँखा, पेट दुख्ने समस्या हुनसक्ने भएकाले स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ । आपूm असम्बद्ध कामकुरामा वास्ता नगरेकै उचित हुनेछ । राम्रै सोचले गरेको काममा पनि अपजस पाइनसक्छ । जतिसक्यो कम बोलीमै काम सक्नु उचित हुनेछ । महिनाको उत्तराद्र्धमा कुनै पनि काम गर्दा सतर्क रहनुहोला ।


कर्कट
मनमा भएको चिन्ता हटेर जानेछ । समय आपूm अनुकूल बन्दै जाँदा काममा सहजता हुनेछ । प्रायः सबै कुराहरू सोचेअनुसार मिल्दै जानेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । कुनै प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रै आय आर्जन हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । आत्मीयजनसितको भेटघाटले मनमा खुसी बढ्नेछ । बेलाबेलामा कामले गर्दा धपेडी भए पनि क्रमशः समयको व्यवस्थापन गर्दै गइनेछ । प्राथमिकतानुसारका काममा तदनुरूप समय दिनसके आफैलाई सजिलो हुनेछ । सबैतिरबाट राम्रो सद्भाव प्राप्त हुनेछ । कसैकसैलाई कतैबाट सम्मान, पुरस्कार वा उपहार पाउने अवसर मिल्नसक्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ ।


सिंह
पारिवारिक वातावरण सुखमय रहनेछ । आत्मीयजनसितको भेट र साथले मनमा ऊर्जा बढ्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कतैको सानोतिनो घुमघाम हुनसक्छ । व्यावसायिक क्षेत्र सफल रहनेछ । दाम्पत्य जीवनमा एक–अर्काको कुरामा मनन गर्न सके राम्रो समझदारी कायम रहनेछ । विविध कुराहरूले गर्दा रमाउने मौका मिल्नेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । कसैकसैलाई केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । सन्तान सुख मिल्दा मन प्रसन्न रहनेछ । बेलाबेलामा कुनै कुराले अनाहकमा मन पिरोल्नसक्छ । बोली र व्यावहारिक कार्य गर्दा सजग रहनुपर्नेछ । झिनामसिना कुराको बेवास्ता गरी आँखा चिम्लिनु नै उत्तम रहनेछ ।


कन्या
आत्मीयजन एवं इष्टमित्रसित भेटघाट गर्ने मौका मिल्नेछ । मन उत्साहित बन्नुका साथै तन पनि स्वस्थ रहनेछ । समयानुसार सबै कुराहरू मिल्दै जानेछन् । कुनै पनि काम गर्दा नहतारिएकै उचित हुनेछ । समयावस्था बुझ्दै क्रमशः आपूmलाई प्रस्तुत गर्नु नै बुद्धिमानी हुनेछ । कसैकसैलाई कुनै नयाँ कामको जिम्मेवारी आइलाग्नसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानसित राम्रो समय यापन गर्ने अवसर जुट्नेछ । मिलेसम्म हर प्रकारका क्रियाकलापमा अद्यावधिक हुँदै आपूmलाई सामेल गराउन खोजिनेछ । सबै काम–कर्तव्यका साथै आफ्नो खुसीमा पनि उत्तिकै ध्यान दिइनेछ । एक–अर्काको भावना बुझ्नसके दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ ।


तुला
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सुदढ रहनेछ । कुनै कुराको अनपेक्षित लाभ होला । मन उत्साहित बन्दा तन पनि जाँगरिलो हुनेछ । कतैको रमाइलो यात्रा हुनसक्छ । कसैकसैलाई नया“ रोजगारीको सम्भावना रहेको छ । कसैको कामविशेषले सरुवा हुनसक्छ । प्रायः सबै काम तपाईंकै प्रभुत्वमा सम्पन्न हुनेछन् । आफ्नो कार्यक्षेत्रबाट भनेजस्तो मानसम्मान मिल्नसक्छ । शैक्षिक, सामाजिक, साहित्यिक तथा राजनीतिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । पारिवािरक वातावरण सुखमय रहनेछ । व्यक्तिगत काम एवं खुसीका लागि केही खर्च हुनसक्छ । रिस गर्नेहरू आपैm तर्किन थाल्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । कसैकसैलाई कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ ।


वृश्चिक
विविध कुराले व्यस्त रहनुपर्ला । आपूm असम्बद्ध कुराबाट तर्किनसके आपैmलाई सहज हुनेछ । समयानुसार कतिपय कामकुरामा छाँटकाँट गर्नुपर्नेछ । पारिवारिक काममा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित साथ र सद्भाव पाइनेछ । समसामयिक कुरामा जोड दिन खोज्दा कहिलेकाहीँ कुनै बाधाको सामना गर्नुपर्ला । सकेसम्म आपूmलाई समयसापेक्ष राख्ने प्रयत्न गरिनेछ । स–साना कुराले काममा प्रभाव पर्नसक्ने हुँदा झिनामसिना कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । कसैकसैले धोका दिनसक्छन् । कसैमाथि पूर्ण विश्वास नगरी आफ्नो काम आफै गर्नु उत्तम होला । हरेक ठाउँमा जाँदा अत्यावश्यक मालसामान र कागजपत्रको ख्याल गर्नुपर्ला । कसैमाथि अन्धभक्त नभएकै उत्तम रहनेछ ।


धनु
पारिवारिक वातावरण सुखमय रहनेछ । कतैको सानोतिनो यात्रा हुनसक्छ । विविध कामकुराले गर्दा व्यस्त भइनेछ । समयावस्था विचारेर प्राथमिकतामा जोड दिनु उचित हुनेछ । समय र कामको तालमेल मिलाउनसके सजिलो होला । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो खुसीका लागि विभिन्न सामानको किनमेल हुनेछ । एक–अर्काको भावना बुझ्न सके दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । काम गर्दा सानातिना बाधा आइलाग्नसक्छन् । सामयिक परिवेश विचारेर आपैmले समस्याको सामाधान गर्नुपर्नेछ । सकेसम्म कसैको आशा नगरी आपैm आफ्नो काम गर्नु नै बुद्धिमानी हुनेछ । चलचित्र, कला, हास्यव्यंग्यजस्ता मनोरञ्जनात्मक कार्यमा सफलता मिल्नेछ ।


मकर
कुनै नयाँ सामान जोर्ने सम्भावना छ । सकारात्मक सोचमा अडिग रहनसके सबै काममा सहजता हुनेछ । काममा गरेको लगानीको प्रतिफल राम्रै मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सबैको साथ र सद्भाव मिल्नेछ । आकस्मिक लाभ हुनसक्छ । तपाईंको कुराको मान राखिनेछ । विभिन्न माध्यमबाट काम गर्दा सहयोग पाइएला । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ । महिनाको उत्तराद्र्धमा सबै कुराहरू आपूm अनुकूल नहुनसक्छन् । कुनै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । सकेसम्म शान्त र तटस्थ भई काम गर्नुपर्ला । आपूmले नजानेको कुरामा मौन रहनसके सम्भावित विवाद टर्नसक्छ ।


कुम्भ
सोचेअनुसार सबै कुरा मिल्दै जानेछन् । कुनै काम सम्पन्न हुँदा मन ढुक्क हुनेछ । मनमा भएको बोझ हट्दा तनले हलुका भएको महसुस गर्नेछ । कामविशेषले कतैको यात्रा हुनसक्छ । कसैलाई मानसम्मान मिल्नसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्नेहरू आपैm तर्किन थाल्नेछन् । कसैकसैलाई केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । साथीहरूसित रमाइलो जमघट हुनसक्छ । दाम्पत्य जीवनमा माया र समझदारी कायम रहनेछ । सन्तान सुख मिल्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । सबैले तपाईंको खुसी विचारेर काम गर्नेछन् । घरमा कुनै नयाँ कुराको जोहो हुनसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रो आय आर्जन हुनेछ ।


मीन
रोकिएका कामहरू अघि बढ्दै जानेछन् । मनमा भएको तनाव हट्दा तन पनि स्वस्थ रहनेछ । काम गर्ने उत्साह र जाँगर बढ्दा सबै काम सहज बन्दै जानेछन् । कुनै काम आपूm अनुकूल नहुनसक्छन् । समसामयिक अवस्थालाई ध्यानमा राखेर कुनै काम गर्दा सम्झौता गर्नुपर्ने हुनसक्छ । महिनाको उत्तराद्र्धपछि काममा केही सहज हुनेछ । सबैतिरबाट भनेजस्तो सहयोग पाइनेछ । माइतीपक्षबाट राम्रो सद्भाव पाइनेछ । कुनै कामविशेषले कतै घुमघाम हुनसक्छ । प्रायः सबै कुरा आफ्नै चाहनाबमोजिम सम्पन्न हुनेछन् । काममा शान्त र धैर्य रहनसके सम्मान अझ बढ्नसक्छ । 

 Image