असोज महिनाको राशिफल
असोज महिनाको राशिफल

मेष
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । प्रतिस्पर्धामा पनि तपाईंकै विजय हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सेयर कारोबारमा पनि केही नाफा हुनसक्छ । परिवारका सदस्यहरूसित घुलमिल हुने सम्भावना छ । आत्मीयजनसित भेटघाट हुनेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । साथीहरूसित कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्यस्थिति राम्रो हुँदा मनमा शान्ति बढ्नेछ । रिस गर्ने व्यक्तिहरू तर्किन थाल्नेछन् । असम्बन्धित कुराबाट तर्किन सके सम्भावित विवादबाट बच्न सकिनेछ ।
वृष
राम्रो समय रहनेछ । प्रायः सबै कुरा मिल्दै जानेछन् । स्वास्थ्यस्थिति पनि आफू अनुकूल बन्दा काम गर्ने जाँगर बढ्नेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । नयाँ कुराहरू जान्ने र सिक्ने मौका मिल्नेछ । समयानुसार आफूलाई प्रस्तुत गर्दा राम्रो फल प्राप्त हुनेछ । व्यावसायिक क्षेत्रमा क्रमशः सुधार हुँदै जाला । ओरालो लागेको सेयर कारोबार उकालोतर्फ मोडिनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । मनमा भएको तनाव हट्दा शरीर स्वस्थ रहनेछ ।
मिथुन
कुनै कुराले मन उत्साहित हुनेछ । पारिवारिक वातावरण आफू अनुकूल बन्दै जानेछ । इष्टमित्र एवं आफन्तजनसित भेटघाट गर्ने मौका जुट्नेछ । समसामयिक अवस्था विचारेर सबै कुरामा समय दिने प्रयास गर्नुपर्नेछ । घुमघाम गर्न जाने मौका पनि मिल्नसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तानबाट सुख र सन्तोष पाइएला । घरमा विविध कुरामा हेरफेर हुनसक्छ । मनमा भएको तनाव हटेर जानेछ । सकेसम्म कुनै पनि सामान बुझेर मात्र किन्नु उचित हुनेछ । आफन्तको शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ । कसैलाई दिएको सापटी फिर्ता हुने सम्भावना छ । आर्थिक लेनदेन गर्दा सजग रहनुपर्ने बेला छ ।
कर्कट
यो महिना अनुकूल रहनेछ । प्रायः सबै काम तपाईंकै इच्छामा निर्भर रहनेछन् । परिवारजनसित रमाइलो समय यापन गर्ने मौका मिल्नेछ । विभिन्न काममा आफ्नो उपस्थिति जनाइनेछ । कुनै आर्थिक क्रियाकलापमा संलग्न हुनुपर्ला । इष्टमित्रको घरमा कुनै शुभ कार्य सम्पन्न हुनसक्छ । योजनानुसार सबै कुरा सम्पन्न हुँदै जानेछन् । पारिवारिक सद्भाव बढ्नेछ । कुनै कुरामा आर्थिक लाभ हुनेछ । व्यावसायिक क्षेत्रमा सफल भइनेछ । कतैबाट कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ । नयाँ कपडा प्राप्तिको योग छ । आफ्नो काममा उन्नति–प्रगति गर्ने अवसर मिल्नेछ ।
सिंह
समयानुसार आफूलाई अद्यावधिक गराउने अवसर प्राप्त हुनेछ । कुनै कामविशेषले कतै जानुपर्नेछ । मनमा भएको डर–चिन्ता हट्नेछ । प्रायः सबै काम आफ्नै निगरानीमा सम्पन्न हुनेछन् । आफ्नो गुमेको साख फिर्ता हुनेछ । आपसी समझदारी कायम गरे दाम्पत्य जीवन सुमधुर हुनेछ । बोली–व्यवहारमा संयमता अपनाए सबैसँग आत्मीय सम्बन्ध कायम रहनेछ । खुट्टा तान्ने व्यक्तिहरूले अनावश्यक कुरामा दुःख दिनसक्छन् । सकेसम्म मीठो बोल्ने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यको ख्याल गरी खानपानमा ध्यान दिनुपर्ला । कुनै कुराले असहज महसुस भएमा बेलैमा उपचार गर्नु उत्तम रहनेछ ।
कन्या
समय तपाईंकै पक्षमा रहनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनुका साथै मन पनि तनावमुक्त रहनेछ । रोकिएका कामले पूर्णता प्राप्त गर्नेछन् । विशिष्ट मानिससित भेटघाट गर्ने अवसर जुट्नेछ । कतै जाने मौका मिल्नसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रायः सबै काम सोचेअनुरूप सफल हुँदै जानेछन् । समयलाई आफ्नो इच्छानुरूप तह लगाउन खोजिनेछ । प्रतिस्पर्धात्मक काममा तपाईंको विजय हुनेछ । इष्टमित्रसित रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । कुनै समारोहमा सहभागी भएर धेरै फाइदा हुने योग छ । असम्बन्धित काममा चासो नदिएकै उचित हुनेछ । अनाहकमा कसैले रिस उठाए पनि धैर्य र शान्त रहनुपर्ने बेला छ ।
तुला
विविध खालका कामले गर्दा बढी व्यस्त भइएला । समयावस्था विचारेर आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । सन्तानप्रतिको कर्तव्य र जिम्मेवारी बढ्नेछ । घरमा पाहुनाको आवागमन भैरहला । साथीहरूसित विशेष भेटघाट गर्ने मौका जुट्नेछ । सकारात्मक विचारधाराले काम गर्दा भित्रैदेखि ऊर्जा बढेको अनुभव हुनेछ । पौष्टिक सामग्री सेवन गरी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बेला छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । त्यसैले कसैको भर नपरी आफ्नो काममा अघि बढ्दै जानु उचित होला । कुनै कुरामा प्रतिवाद भए पनि पछि दाम्पत्य जीवन सुमधुर हुनसक्छ । अरूका कुरामा ध्यान नदिई आफ्नै सुझबुझले काम गर्नुपर्ने अवस्था छ ।
वृश्चिक
आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव पाइनेछ । प्रतियोगितात्मक काममा कतै जानुपर्ने हुनसक्छ । कसैकसैको पारिवारिक घुमघाम हुनसक्छ । सोचेअनुरूप प्रायः सबै काम सम्पन्न हुनेछन् । कुनै कुराले मनमा खुसी छाउनेछ । पारिवारिक सम्बन्ध मात्र होइन दाम्पत्य जीवनमा पनि माया एवं समझदारी कायम रहनेछ । इच्छानुसार किनमेल गर्ने मौका जुट्नेछ । बोली एवं व्यवहारमा सजग रहनुपर्ने बेला छ । कसैले कुनै खोट देखाए पनि शान्त रहनसके सबै कुरामा सहज हुनेछ । लगानी गर्नुअघि राम्ररी विचार गर्नुपर्नेछ ।
धनु
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । धार्मिक काममा आस्था बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै कुरामा आर्थिक लाभ होला । आफ्नो इच्छानुसारको वस्तुको किनमेल गर्ने मौका जुट्नेछ । रोकिएका काम अघि बढ्दै जानेछन् । कतैको घुमघाम गर्ने मौका मिल्नसक्छ ।
स्वास्थ्यस्थिति राम्रो रहँदा तन पनि स्वस्थ रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । परिवारको हितका लागि कुनै राम्रो काम गर्ने विचार आउनेछ । मन तनावरहित हुँदा सबै काममा सहज अनुभव हुनेछ ।
मकर
काम गर्दा कुनै बाधा आइलाग्न सक्छन् । समसामयिक कुराको ख्याल गरी परिस्थितिअनुसार आफूलाई अघि सार्नु उचित हुनेछ । आर्थिक क्रियाकलापमा सजग हुनुपर्ला । आफ्नै सुझबुझले काम गर्नुपर्ने बेला छ । घरका कुनै सामग्रीमा हेरफेर हुनसक्छ । परिवारबाट अपेक्षित साथ र सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । बेलैमा बुद्धि नपुर्याए अनावश्यक खर्च हुनसक्छ । सहयोगी हात पछि हट्दा कामको चाप बढ्नसक्छ । विविध कामले फुर्सद नमिले पनि आफ्ना लागि समय निक्लनेछ ।
कुम्भ
काम गर्दा मनमा द्विविधा उत्पन्न हुनसक्छ । कुनै काममा सहयोगी साथीहरू तर्किन खोज्नेछन् । त्यसैले धैर्य भएर आफ्नो काममा अघि बढ्नु उपयुक्त हुनेछ । राम्रै हिसाबले भने–गरेको कुरामा पनि खोट देखिनसक्छ । आफू अगाडिको व्यक्तिको मुड र अवस्था हेरेर मात्र मनको भावना व्यक्त गर्नु ठीक रहनेछ । आफूलाई जति सकारात्मक राख्न सकियो काममा उत्ति नै सहज हुनेछ । प्रतिस्पर्धात्मक काममा गोपनीयतामा अडिग रहनुपर्नेछ । पेटका बिरामीहरूले खाना र स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बेला छ । कुनै कुराले अलमल्याउन खोजे पनि सतर्क रहनुपर्नेछ । प्राथमिकताका आधारमा काम गर्नु उपयुक्त हुनेछ ।
मीन
विशेष कामले कतैको यात्रा हुनसक्छ । जहाँ गए पनि खानपानमा ध्यान दिनुपर्नेछ । कुनै काममा अपजस आउनसक्छ । शान्त एवं प्रतिक्रियाविहीन भएर बस्नु उचित हुनेछ । कतिपय कुराले मन विचलित गराउने सम्भावना छ । समयानुसार आफूलाई ढाल्न सक्नु नै बुद्धिमानी हुनेछ । कसैसँग प्रतिवाद नगरी धैर्य एवं शान्त रहे सबै काम सम्पन्न गर्न सकिनेछ । आपसी समझदारी कायम राख्नसके दाम्पत्य जीवन सुमधुर हुनेछ ।