मेष
पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै कुराले मनमा उत्साह बढ्नेछ । काम गर्दा मन प्रसन्न हुनेछ । दाम्पत्य जीवन समझदारीपूवर्क अघि बढ्नेछ । आफ्नै इच्छानुसार धेरैजसो काम सम्पन्न हुनेछन् । व्यावहारिक काम गर्दा अपजस पाइनसक्छ । कुनै काम गर्दा आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु उपयुक्त होला । कतिपय काम गर्दा तटस्थ रहनुपर्ला । प्रतिस्पर्धात्मक काममा चनाखो रहनुपर्ला । नगरी नहुने काममा मात्र आफूलाई अघि सार्नु उपयुक्त हुनेछ ।
वृष
बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । इच्छानुसार समयलाई तह लगाउन खोजिनेछ । कामविशेषले विभिन्न खालका सामानको किनमेल गर्नुपर्ला । पारिवारिक वातावरण सुखमय रहनेछ । सबै सदस्यले तपार्इंको इच्छानुरूप व्यवहार गर्नेछन् । मनपर्दो खानपान र पहिरनमा भुल्ने र कतै घुमघाम गर्ने बेला जुर्ने सम्भावना छ । बोल्दा र व्यावहारिक काम गर्दा खुराफाती प्रवृत्तिका व्यक्तिहरूबाट तर्किनुपर्ला । कसैकसैको पारिवारिक घुमघाम हुनसक्छ भने कसैको शैक्षिक भ्रमण वा कार्यालयको कामले कतै जानुपर्ला । आर्थिक क्रियाकलापका काममा सफलता मिल्नेछ । सबै कुरामा भनेजस्तै सफलता मिल्नेछ ।
मिथुन
काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । कुनै विशेष कामका निम्ति किनमेल गर्नुपर्ला । कुनै कुराले मनमा तनाव हुनसक्छ । सकारात्मक विचारमा रही काम गर्नसके मन शान्त रहनेछ । नयाँ काममा लगानी गर्दा निकै सोचविचार गर्नुपर्नेछ । हतारिएर कुनै निर्णय गर्नुहोला । प्रायः सबै काम तपाईंकै प्रभुत्वमा सम्पन्न हुनेछन् । विभिन्न घरायसी/व्यक्तिगत काममा खर्च गर्नुपर्ला । कसैकसैको यो महिनामा गरगहना जोर्ने सम्भावना छ । जता गए पनि आफ्नो मालसामानको ख्याल गर्नुहोला । प्रतिस्पर्धात्मक काममा सजग रहनुपर्ने बेला छ । खुरापाती प्रवृत्तिका व्यक्तिबाट तर्किनु नै लाभप्रद रहनेछ ।
कर्कट
विभिन्न कामले गर्दा यो महिनामा बढी व्यस्त हुनुपर्ला । वैदेशिक यात्राको योग छ । कसैसित कुनै कुरामा तार्किक बहस हुनसक्छ । हरेक ठाउँमा जाँदा आफ्नो मालसामानको ख्याल गर्नुहोला । चोटपटक लाग्नसक्ने भएकाले हिँडडुल गर्दा वा हतियारसम्बन्धी काम गर्दा सजग रहनुपर्नेछ । सकेसम्म आफ्नो काम आफै गर्नुहोला । आर्थिक काममा सफलता मिल्ला । महिनाको उत्तरार्द्धमा आर्थिक लेनदेनको काम गर्दा सजग रहनुपर्ने बेला छ । टाउको, आँखा एवं कान दुख्ने सम्भावना भएकाले आफू असम्बन्धित एवं झिनामसिना कामकुराबाट तर्किनु नै मुनासिब रहनेछ ।
सिंह
महिनाको १० गतेसम्मको समय चुनौतीपूर्ण हुनसक्छ । बोले पनि नबोले पनि भनाइ खानुपर्ने, व्यावहारिक काममा बाधाजस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । दाम्पत्य जीवनमा एक–अर्काको भावना र चाहना बुझ्न सके सम्भावित विवाद टर्नसक्छ । महिनाको उत्तरार्द्धको समय सहज बन्दै जानेछ । साथीसङ्गीसित कतै घुमघाम गर्ने मौका मिल्नसक्छ । आफू र आफ्ना कामका लागि समय दिन पाइनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । कसैको कुरामा बढी गम्भीर नहुनु नै राम्रो हुनेछ । सकारात्मक भएर आफूलाई प्रस्तुत गर्न सके सबै कुरा सरल ढङ्गमा सम्पन्न हुँदै जानेछन् ।
कन्या
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कसैकसैको धार्मिक यात्रा हुनसक्छ भने कसैको धार्मिक कार्यमा मन अग्रसर रहनेछ । नयाँ साथीसित चिनजान हुनसक्छ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल होला । कसैकसैको यो महिनामा गरगहना जोर्ने अवसर जुट्नसक्छ । मन शान्त हुनुका साथै तन पनि फुर्तिलो रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कसैलाई नयाँ रोजगारीको सम्भावना छ भने विशेष कार्यक्रममा सहभागी हुने अवसर मिल्नसक्छ । तर कसैको जागिरमा बढुवा हुनसक्छ ।
तुला
मनमा भएको तनाव हटेर जानेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । रोकिएको कामले पनि गति लिन थाल्नेछ । सन्तानबाट सुख–सन्तोष पाइनेछ । इष्टमित्रसितको भेटघाटले मन खुसी रहनेछ । कतै घुमघाम गर्ने मौका जुट्नसक्छ । नवीन रोजगारीको सम्भावना रहेको छ । न्यायिक, शैक्षिक, सामाजिक एवं धार्मिक काममा सफलता मिल्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । एक–अर्काको मनको भाव बुझिँदा दाम्पत्य जीवन सुमधुर रहनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ ।
वृश्चिक
कुनै कुराले मनमा अनपेक्षित तनाव हुनसक्छ । सबै कुरा आफू अनुकूल नबन्दा कुनै–कुनै कुरामा सम्झौता गर्नुपर्ला । सकेसम्म कसैको भर नपरी आफै काम गर्नुपर्ने अवस्था छ । ग्यास्ट्रिक एवं रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्यस्थिति विचारेर खानपानमा सजग रहनुपर्ने बेला छ । १० गतेपछिको समय केही सहज बन्दै जानेछ । कुनै पनि कुरामा नहतारिएकै बेस होला । कतिपय कुरा आफै सम्पन्न हुँदै जानेछन् । विभिन्न काममा आबद्ध हुनुपर्दा अलि बढी व्यस्त हुनुपर्ला । अनावश्यक खर्चको योग भएकाले कुनै पनि सामान किन्नुपूर्व विचार गर्नुपर्नेछ ।
धनु
कुनै कुराले गर्दा मन चञ्चल हुनसक्छ । कहिलेकाहीँ काम गर्दागर्दै झर्को लाग्नसक्छ । सकारात्मक सोचमा रही आफ्नै सुझबुझले काम गर्नुपर्ने बेला छ । आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नसके मनमा भएको डर स्वतः हट्दै जानेछ । कतिपय कुराहरू आफू अनुकूल नहुन सक्छन् । मन नलाग्दालाग्दै पनि कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । आफू असम्बद्ध कामकुरामा तर्किनु नै लाभप्रद रहनेछ । एक–अर्काको भाव बुझी काम गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । आफ्नै भरमा काम गर्नसके मन शान्त रहला ।
मकर
यात्रा गर्ने योग छ । कुनै ठाउँमा आत्मीयजनसित भेट्ने योजना बन्नसक्छ । समयावस्था हेरी आफ्नो अनुकूलता विचार्दै निर्णयात्मक कार्य गरिएला । परिवार वा आफन्तमा कसैलाई सन्तान लाभ हुनसक्छ । जागिरमा बढुवा/तलब वृद्धि हुने सम्भावना छ । कतै कुनै कार्यक्रममा आबद्ध हुनुपर्ला । नयाँ एवं पुराना साथीसङ्गीसित भेट्ने मौका जुट्ला । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । यदाकदा काम गर्दा केही दोष आउनसक्छ । आफ्नो गोपनीय कुरामा अडिग रहनुपर्नेछ । टाउको, आँखा एवं पेट दुख्ने सम्भावना भएकाले स्वास्थ्य र सन्तुलित आहारमा जोड दिनुपर्नेछ ।
कुम्भ
कुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । विभिन्न व्यक्तित्वसित चिनजान गर्ने अवसर मिल्नेछ । मन उत्साहित एवं तन स्वस्थ हुँदा सबै कुरामा सहज हुनेछ । कुनै कुराको समाचारले मनमा हर्ष बढ्नेछ । कसैकसैलाई नवीन रोजगारीको अवसर मिल्ला । व्यापारिक क्षेत्रमा राम्रो प्रगति हासिल गरिनेछ । प्रतिस्पर्धात्मक काममा पनि भनेजस्तो सफलता मिल्नेछ । दाम्पत्य जीवनमा एक–अर्कालाई राम्ररी बुझ्ने मौका मिल्नेछ । कसैकसैको परिवारमा सन्तान लाभ हुने सम्भावना छ । सबै कुरा तपाईंकै इच्छानुसार सम्पन्न हुनेछन् ।
मीन
कुनै विशेष कार्यक्रममा सहभागी हुनुपर्नेछ । समाजमा तपाईंको कार्यकुशलताको चर्चा हुनसक्छ । जता जाँदा पनि राम्रो स्वागत–सत्कार पाइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैलाई यो महिनामा सन्तान लाभ हुने योग छ । कुनै नयाँ साथीसित मित्रता हुनसक्छ । आफ्नो खुसीका लागि कुनै कुराको किनमेल गरिनेछ । प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका जुट्नेछ । कुनै नयाँ कामको जिम्मेवारी आइलाग्नसक्छ । घरका सदस्यहरूसित कुनै कुरामा बहस हुनसक्छ । जतिसक्यो मौन र तटस्थ रहँदा धेरै फाइदा हुनेछ ।