Successfully Copied


मेष
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो मानसम्मान पाइनेछ । कतैको स्मरणीय यात्रा गर्ने सम्भावना पनि छ । विभिन्न कुराको लाभ हुनुका साथै रमाउने मौका मिल्नेछ । आर्थिक एवं व्यावसायिक पक्ष सुदृढ रहनेछन् । पारिवारिक वातावरण सुमधुर रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग कायम रहनेछ । कुनै धार्मिक एवं माङ्गलिक काममा सहभागी हुने मौका मिल्नेछ । कसैकसैलाई नयाँ रोजगारी मिल्ने सम्भावना छ । कामको सिलसिलामा कतैको यात्रा हुनसक्छ । कुनै पनि कुरामा खर्च वा लगानी गर्नुअघि राम्ररी विचार गर्नुपर्ने बेला छ ।वृष
समय आफू अनुकूल बन्दै जानेछ । कुनै विशेष काममा संलग्न हुने मौका मिल्नेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर मिल्नेछ । मनपर्दो क्रियाकलापतिर मन आकृष्ट हुनसक्छ । विविध कुरामा मन रमाउनेछ । आफ्नो खुसी विचारेर काम गर्ने प्रयास हुनेछ । कतै घुमघाम गर्न जाने मौका जुट्नसक्छ । विभिन्न कुराको लाभ हुनेछ । अत्यावश्यक सामग्रीहरूको जोहो हुनेछ । इच्छानुसार समयको उपभोग गर्ने मौका मिल्नेछ । साथीहरूसित कतै भेटघाट गर्ने अवसर मिल्नसक्छ । कतैबाट कुनै कुरामा आर्थिक लाभ हुनसक्छ । व्यावसायिक क्षेत्र सफल रहनेछ ।
मिथुन
विविध कामकुराले गर्दा व्यस्त रहनुपर्नेछ । आफ्नो जिम्मेवारीमा अडिग रहँदै आफूलाई पनि समय दिन खोजिनेछ । सकारात्मक सोचमा रही काम गर्ने प्रयत्न गरिनेछ । कुनै नयाँ काममा लगानी गर्दा राम्ररी विचार गर्नुपर्नेछ । खुरापाती प्रवृत्तिका व्यक्तिहरूसित काम गर्दा सचेत रहनुपर्ने अवस्था छ । आफैंले अनुकूलता विचारी काम गर्नुपर्ने बेला छ । कुनै खास काममा सहभागी हुनुपर्ला । दाम्पत्य जीवनमा अपेक्षित साथ र सद्भाव कायम रहनेछ । कुराकानी गर्दा सामुन्नेको व्यक्तिको कुरा बुझेर मात्र प्रतिक्रिया दिनु उचित हुनेछ । कुनै पनि कुरामा नहतारिनु नै उत्तम रहनेछ ।
कर्कट
कुनै विशेष काममा सफलता मिल्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्ला । पारिवारिक वातावरण सुखमय हुनेछ । कसैकसैको यो महिनामा विदेश यात्रा हुने सम्भावना पनि छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र सफल रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति हुनेछ । कुनै संघसंस्थाबाट सम्मानित हुने मौका मिल्नसक्छ । छोराछोरीबाट अपेक्षित सुख एवं सन्तोष मिल्नेछ । कसैकसैलाई यो महिनामा सन्तानलाभ पनि हुनसक्छ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छन् । सबै काममा सहजता हुनेछ । कुनै पनि काम गर्दा राम्ररी विचारेर आफ्नै सुझबुझका साथ अघि बढ्नु बुद्धिमानी हुनेछ ।
सिंह
व्यक्तिगत वा अफिसियल कामकाजले कतैको यात्रा गर्नुपर्ला । कुनै विशेष काममा आफूलाई संलग्न गराउने मौका मिल्नेछ । रिस गर्नेहरू पनि आफैं तर्किन थाल्नेछन् । मनमा आत्मविश्वास बढ्दा अरुले जे भने पनि खासै फरक पर्ने छैन । समयलाई आफूअनुरूप नै चलाउन खोजिनेछ । पेट दुख्ने योग भएकाले खानपानमा सजग रहनुपर्ला । आफैंले आफ्नो अनुकूलता विचारेर चल्न सके काममा सहजता हुनेछ । कहिलेकाहीँ काम गर्दा अपजस आइलाग्नसक्छ । सबैसँग राम्ररी विचारेर काम कुरा गर्नु उचित हुनेछ । पारिवारिक भेटघाट हुनसक्छ । कामविशेषले प्रवासमा भएका प्रियसजनसित भेटघाट हुनसक्छ ।
कन्या
मनमा भएको बोझ हटेर जानेछ । विविध कामकुरामा मन रम्नेछ । सोचेअनुरूप सबै कुराहरू मिल्दै जानेछन् । कुनै कुराले मनमा प्रसन्नता बढ्नेछ । बेलाबेलामा कुनै कुराले नजानिँदो गरी व्यस्त बनाउनेछ । जसरी पनि आफू र आफ्नाका लागि समय निकालिनेछ । जसले जे भने पनि आफू आफ्नो कर्तव्यमा अडिग भइनेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । कुनै प्रतियोगितात्मक काममा सफलता मिल्नेछ । प्राय: सबै कुरा आफ्नै अनुकूलतामा सम्पन्न गरिनेछन् ।
तुला
कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । विविध कुराले गर्दा व्यस्त रहनुपर्ला । कुनै माङ्गलिक कार्यमा सहभागी हुनुपर्ला । माइतीपक्ष एवं इष्टमित्रसित रमाइलो भेटघाट होला । कुनै कुराको आकस्मिक लाभ हुनेछ । कुनै विशेष काममा संलग्न हुने मौका मिल्नसक्छ । सन्तानबाट सुख र सन्तोष मिल्नेछ । कुनै प्रतिस्पर्धात्मक काममा सफलता मिल्ने सम्भावना छ । दाम्पत्य जीवनमा कुनै कुरामा वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको माया र सद्भाव भने कायमै रहनेछ । कुनै कुराले टाउको दुखाउनसक्छ । रक्तचापका बिरामीले खानपानमा सजग रहनुपर्ला ।
वृश्चिक
पारिवारिक वातावरण सुखमय रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कतै–कुनै वैवाहिक समारोहमा सहभागिता जनाउनुपर्ला । इष्टमित्र एवं प्रियजनसित भेट्ने मौका जुट्नेछ । मनमा उत्साह बढ्दा सबै काम गर्न मन अग्रसर रहनेछ । आफ्नै धुनमा निस्फिक्री भै काम गर्न आफूलाई अघि सारिनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । कुनै कुरालाई लिएर प्रेमी वा श्रीमान्सित मनमुटाव हुनसक्छ । सकेसम्म शान्त भई काम गर्नु उपयुक्त रहनेछ । साना कुराले नै अपजस आइलाग्नसक्छ । व्यावहारिक काम गर्दा पनि निकै सजग रहनुपर्नेछ । हतारमा वा आवेशमा आएर कुनै पनि काम नगर्नु नै राम्रो हुनेछ ।
धनु
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । मनमा भएको तनाव हटेर जानेछ । योजनाबद्धरूपमा कामहरू सम्पन्न हुँदै जानेछन् । कामविशेषले कतै ओहोरदोहोर गरिरहनुपर्ला । कुनै प्रतिस्पर्धात्मक काममा तपाईंको विजय हुनेछ । नयाँ रोजगारीको अवसर मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कुराले मनमा प्रसन्नता दिलाउनेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कतैबाट कुनै राम्रो मानसम्मान पाइनेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । मनपर्दो क्रियाकलापमा रम्ने मौका मिल्नेछ । प्राय:जसो काम तपाईंकै संयोजकत्वमा सम्पन्न हुनेछन् । विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका मिल्नेछ ।
मकर
पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैको परिवारमा सन्तान लाभ हुनसक्छ । विविध कामकुरामा सहभागी हुने मौका मिल्नेछ । नयाँ साथीसंगीसित मित्रता हुनसक्छ । दाम्पत्य जीवन सोचेझैं सुखमय रहनेछ । पारिवारिक खुसी र आवश्यकता विचारेर कुनै कुरामा खर्च गर्नुपर्ला । आफ्नै प्रभुत्वमा काम गर्नुपरे पनि विविध कामकुराले गर्दा यो महिना व्यस्त रहनुपर्ला । काम गर्दा बेलाबेलामा सानातिना कुराले दु:ख दिनसक्छन् । काम विशेषले कतैको यात्रा हुनसक्छ । यो महिना बढी खर्च हुने योग छ । त्यसैले खर्च गर्नुअघि राम्ररी विचार गर्नुपर्नेछ । यात्रामा आफ्नो मालसामानको ख्याल गर्नुपर्ने समय छ ।
कुम्भ
कामविशेषले कतै जानुपर्नेछ । वैदेशिक यात्राको योग पनि छ । विविध कामकुराले गर्दा व्यस्त हुनुपर्नेछ । सहयोगी हातहरू पछि हट्नसक्छन्, सकेसम्म कसैको भर नपरी आफैंले आफ्नो काम गर्नु उत्तम रहनेछ । व्यक्तिगत क्रियाकलापका काममा सफल भइनेछ । विशेष कामले विविध सामान किनमेल गर्नुपर्ला । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । परिवारद्वारा तपाईंको आवश्यकता बुझी काम गर्ने प्रयास गरिनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । कसैकसैको यो महिनामा विवाहको लगन जुरेको छ । पारिवारिक मेलमिलाप बढ्नेछ । पेट तथा मुटुका बिरामीहरूले जता जाँदा पनि आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला छ ।
मीन
काम गर्दा तनाव आइलागे पनि आफ्नै तरिकाले समस्याको समाधान हुनेछ । प्राय:जसो काम तपाईंकै संयोजकत्वमा सम्पन्न हुनेछन् । खुरापाती व्यक्तिहरूसित तर्केर सकारात्मक ढंगले आफूलाई प्रस्तुत गर्नसके सबै काममा सहज हुनेछ । कुनै नयाँ स्रोतबाट आयआर्जन गर्ने मौका मिल्नसक्छ । शत्रुले अनाहकमा दु:ख दिने प्रयास गर्नसक्छन्, सकेसम्म प्रतिक्रियामा नउत्रीकनै काम सक्ने प्रयत्न गर्नुहोला । आफ्नो गोप्यतामा अडिग भएर काम गर्नुपर्ने बेला छ । हतारमा वा आवेशमा आएर कुनै पनि काम नगर्नुहोला । आफू असम्बद्ध कुरामा चासो नदिनु नै तपाईंका निम्ति लाभप्रद रहला । एक–अर्काको कुरालाई राम्ररी बुझेर मनन गर्नसके दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आफैंले आफ्नो अनुकूलता विचारेर चल्नुमै बुद्धिमानी हुनेछ । 

 Image