मेष
व्यक्तिगत क्रियाकलापमा सफलता प्राप्त हुनेछ । आफ्नो कामका लागि केही खर्च हुनसक्छ । आत्मीयजनको साथले कुनै कुरामा सहज हुनेछ । आर्थिक लाभ पनि हुनसक्छ । विविध कुराले बेलाबेलामा काम गर्दा तनाव हुनसक्छ । सहयोगी हात पछि हट्नसक्छन् । प्रतिस्पर्धीले काम गर्दा धोका दिनसक्छन् । सकेसम्म कसैमाथि बढी विश्वस्त नभै आफ्नै भरमा काम गर्नु उत्तम होला । हरेक कामकुरामा सजग रहनुपर्ने अवस्था छ । रक्तचापका बिरामीले स्वास्थ्य र खानपानमा सचेत रहनुपर्नेछ । टाउको र आँखा दुख्ने योग भएकाले झिनामसिना काम गर्दा सजगता अपनाउनुहोला । समय विचारेर आपैmले आफ्नो सुझबुझअनुसार काम गर्नु उचित रहनेछ ।
वृष
विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । सबैले तपाईंलाई सहयोग गर्नेछन् । सकेसम्म आफैले आफ्नो काम गर्नु उत्तम हुनेछ । आफ्नो प्राथमिकता बुझी महत्वपूर्ण काममा खट्न सके सोचेअनुरूम काममा सहज हुनेछ । प्रतिस्पर्धात्मक काम गर्दा विशेष सजगता अपनाउनुपर्ला । धेरै काम–कुराले गर्दा यो महिना बढी व्यस्त भइनेछ । कतै घुमघाम गर्न जाने सम्भावना पनि छ । कसैकसैलाई वैदेशिक यात्राको योग पनि छ । पेट एवं रक्तचापका बिरामीले स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् ।
मिथुन
विविध कुराले गर्दा मनमा अनपेक्षित तनाव हुनसक्छ । सकारात्मक सोचमा आपूmलाई प्रस्तुत गर्दै अघि बढ्न सके सहज होला । मौन र तटस्थ रह“दै नबोली नहुने र नगरी नहुने कुरामा जोड दिनु उचित हुनेछ । कसैका कुरालाई गम्भीरतापूर्वक नलिई आपूm असम्बद्ध कुरामा तर्किन सके मन शान्त रहला । मनभित्र जति रिस उठे पनि बाहिर व्यक्त नगरेकै राम्रो हुनेछ । भरसक कसैसित वैचारिक बहसमा नउत्रेकै राम्रो हुनेछ । समयलाई जसरी चलेको छ उसरी नै चल्न दिँदा अपजस र विवादबाट बच्न सकिन्छ । शान्त, धैर्य र कम बोलीमै काम गर्ने प्रयास गरे आपैmंलाई सजिलो हुनेछ । दाम्पत्य जीवनमा कुनै कुरामा सम्झौता गर्नुपर्ला । कसैको भर नपरी आफ्नो काम र कर्तव्यमा रमाउने प्रयास गर्नसके मन सन्तुष्ट रहला ।
कर्कट
राम्रो महिना छ ।सोचेअनुरूप सबै काम मिल्दै जानेछन् । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । आफ्नो कार्यक्षेत्रबाट अपेक्षित मान, सत्कार एवं सद्भाव मिल्नेछ । मुद्दामामिला एवं प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । कुनै धार्मिक र माङ्गलिक कार्यमा उपस्थिति जनाउनुपर्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । कसैको प्रतिनिधित्व गर्दै कतै निम्तालु भएर जानुपर्ला । दाम्पत्य जीवन सुखमय रहनेछ । नया“ साथीहरूसित मित्रता गा“स्ने मौका मिल्नसक्छ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । कुनै कुरामा आर्थिक लाभ हुनेछ । प्रायः सबै काम सम्पन्न हु“दा मन खुसी रहनेछ ।
सिंह
कुनै विशेष काममा सफलता मिल्नेछ । सकेसम्म सबैबाट तपाईंको अनुकूलताको विचार गरिनेछ । अधूरा कामले पनि गति लिन थाल्नेछन् । मन उत्साहित हु“दा सबै काममा सहज लाग्दै जानेछ । कसैले जे भने वा गरे पनि मनमा खासै फरक पर्ने छैन । आत्मविश्वासका साथ आपूmलाई अघि बढाइनेछ । प्रियजनसितको भेटघाटले मन रमाउनेछ । घरमा नया“ सदस्यको आगमन हुने सम्भावना पनि छ । सानातिना कुराले कहिलेकाही“ काममा बाधा गर्न खोजे पनि आफ्नै सुझबुझले सल्टाउने प्रयास गरिनेछ । मनमा भएको तुष र संकोच हटेर जानेछ । सबैतिरबाट भनेजस्तो आत्मीय साथ, सम्मान, सहयोग र सद्भावले मन प्रसन्न रहनेछ ।
कन्या
उत्साहित मनले सबै काम सहज लाग्नेछन् । सम्बन्धित व्यक्तिबाट अपेक्षित साथ र सद्भाव पाइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । बेलाबेलामा सानातिना कुराले अवरोध पु¥याउन खोजे पनि आफ्नै सुझबुझले सल्टाउन खोजिनेछ । शान्त, धैर्य र तटस्थ बनी अवस्था हेरी आपूmलाई प्रस्तुत गर्नुपर्नेछ । हतारिएर वा फुर्किएर कसैसित कुनै कुराको वाचा नगरेकै राम्रो हुनेछ । जो व्यक्ति जो जस्तो छ ऊसित उसरी नै व्यवहार गर्नसके सजिलो होला । समयावस्था हेरी कामको सन्तुलन र कार्य विभाजन गर्दा सरल हुनेछ । कसैको हा“सोठट्टा आदि कुरालाई गम्भीरतापूर्वक नलिएकै राम्रो हुनेछ । अनावश्यक खर्चको योग भएकोले अत्यावश्यक कुरा र गतिविधिमा जोड दिनुपर्नेछ ।
तुला
महिनाको सुरुवाती दिनमा केही व्यस्त भइएला । विविध कुराले मन चञ्चल रहनसक्छ । समसामयिक कुराले अनावश्यक तनाव निम्त्याउनसक्छ । कसैसित कुनै कुरामा वैचारिक मतभेद पनि हुनसक्छ । साता÷दस दिनपछिको समय भने आपूm अनुकूल बन्दै जाला । क्रमशः काममा सहजता हु“दै जानेछ । समस्याको निराकरण हु“दा मनमा भएको तनाव हट्नेछ । सन्तान सुख र पारिवारिक सद्भावले मन उत्साहित रहनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । सेयर बजारमा केही उकालो लाग्दा आर्थिक लाभ हुनसक्छ । कुनै कुराले मनमा अनपेक्षित खुसी दिलाउनेछ भने कुनै कुराले अनाहकमा डर पनि हुनसक्छ । धैर्य र तटस्थ रूपमा आपूmलाई प्रस्तुत गर्नुपर्नेछ । कुनै पनि क्रियाकलापमा बढी गम्भीर नभएकै उचित होला ।
वृश्चिक
यात्रा गर्ने योग छ । पारिवारिक घुमघामको कार्यक्रम बन्नसक्छ । योजनानुसारका काममा सक्रियता बढाइनेछ । समयानुसार आपूmलाई सहज ढङ्गमा प्रस्तुत गर्ने प्रयास हुनेछ । विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका जुट्नेछ । कुनै विशेष काममा सहभागी हुने अवसर मिल्नेछ । प्रायः सबै कामकुरा आपूm अनुकूल बन्दै जानेछन् । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैबाट कुनै नया“ काम गर्न प्रस्ताव आउनसक्छ । रोजगारी÷बिदाको सिलसिलामा कतै नया“ ठाउ“मा घुम्न जाने मौका पनि मिल्नसक्छ । एक–अर्काको भाव र कुरा बुझी काम गर्नसके दम्पतीमा सम्भावित विवाद टर्नसक्छ । पेटका बिरामीले खानपानमा सजग रहनुपर्ने बेला छ ।
धनु
आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । मनमा भएको बोझ हटेर जानेछ । तन एवं मन स्वस्थ रहनेछ । विविध क्रियाकलापमा आपूmलाई संलग्न गराउने मौका मिल्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । मनमा नया“ काम गर्ने विचार आउन सक्छ । साथीहरूसित कतै जमघट वा घुमघाम गर्ने सम्भावना छ । अभिभावक वा छोराछोरीसित कुनै कुरामा वैचारिक मतभेद हुनसक्छ । कसैकसैको घरमा कुनै पारिवारिक सदस्यको विवाहको कुरा चल्नसक्छ । समयावस्था विचारी आपूm र सबैको अनुकूलता विचारी काम गर्नुमै बुद्धिमानी हुनेछ । रक्तचापका बिरामीले मौसमको विचार गरी स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ ।
मकर
कुनै न कुनै कामले नजानि“दो गरी व्यस्त बनाइराख्नेछ । बेलामौका विचारेर स्वास्थ्य, व्यायाम र खानपानमा समय दिनुपर्नेछ । कामको पूर्णता नहुञ्जेल आफ्नो गोप्यतामा अडिग रहनुपर्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ । कतै नया“ ठाउ“मा घुमघाम गर्ने मौका मिल्नसक्छ । पारिवारिक खुसी विचारेर आपूmलाई प्रस्तुत गरिनेछ । झिनामसिना कुरालाई बेवास्ता गर्न सकिए दाम्पत्य जीवनमा मधुरता थपिनेछ । कुनै प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्नसक्छ । कसैकसैलाई आफ्नो कार्यक्षेत्रबाट राम्रो सम्मान मिल्नेछ । कतैबाट कुनै नया“ कामको प्रस्ताव आउनसक्छ । आनीबानी थाहा नहुञ्जेल कसैसित बढी घनिष्ट नभएकै राम्रो होला ।
कुम्भ
विभिन्न कुराले मन जिज्ञासु हुनुका साथै मनमा विविध भाव उत्पन्न हुनसक्छन् । शान्त, धैर्य र तटस्थ रूपमा आपूmलाई प्रस्तुत गर्नुपर्ने बेला छ । कतैको यात्रा हुने प्रबल सम्भावना रहेको छ । सन्तानको खुसीमा सरिक हुने मौका मिल्नेछ । सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइएला । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । धेरै कुराले गर्दा मन रमाउन सक्छ । कसैको कुरा चित्त नबुझे पनि विना प्रतिवाद वास्ता नगरेकै उचित हुनेछ । अनपेक्षित रही आफ्नो काम गर्दा मन शान्त रहला । आत्मीयजनसितको साथले मनमा प्रसन्नता बढ्नेछ । विभिन्न व्यक्तित्वसित भेटघाट हुने मौका जुट्नेछ । अनावश्यक चिन्ता र शंकाबाट तर्किनसके मनले सुखानुभूतिको अनुभव गर्नेछ ।
मीन
राम्रो महिना छ ।समय आपूm अनुकूल हु“दा धेरै कुरामा सहज हुनेछ । कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ला । जता जा“दा पनि राम्रो मानसम्मान पाइनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्ला । मन उत्साहित ह“ुदा तन पनि स्वस्थ रहनेछ । कुनै कुरामा आर्थिक लाभ हुनसक्छ । विभिन्न स्थानको दृश्यावलोकन गर्ने मौका मिल्नसक्छ । विनाकुनै प्रतिवाद समयले दिएको मौकाको राम्रो सदुपयोग गरिनेछ । तपाईंको सक्रियता र लगनशीलता देखेर धेरै जना प्रभावित हुनेछन् । कतैबाट कुनै कुराको निमन्त्रणा पाइएला । कुनै कुराले अनपेक्षित खुसी दिलाउला । कुनै धार्मिक, सामाजिक, सांस्कृतिक वा साहित्यिक कार्यक्रममा रमाउने अवसर मिल्नसक्छ । विविध कुराले गर्दा सन्तुष्ट हुन सकिनेछ ।