Successfully Copied

कात्तिक महिनाको राशिफल

कात्तिक महिनाको राशिफल

मेष
काम विशेषले यात्रा गर्नुपर्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । परिवारमा कसैको वंशवृद्धि हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । टाउको, आँखा एवं पेटसम्बन्धी समस्या हुनसक्छ, सतर्क रहनुपर्नेछ । रक्तचापका बिरामीले पनि खानपानमा सजग रहनुपर्ने बेला छ । कसैकसैलाई यो महिनामा नयाँ रोजगारी प्राप्त हुनसक्छ । कसैको नयाँ ठाउँमा सरुवा हुनसक्छ । कहिलेकाहीँ अनपेक्षित समस्या आइलाग्न सक्छन् । आफ्नै सुझबुझले सबै समस्या सल्टाउने प्रयास हुनेछ । कुनै कारणवश रोकिएको धनमाल फिर्ता हुने सम्भावना छ । विभिन्न कुराले गर्दा मनले सन्तोषको अनुभव गर्नेछ ।
वृष
मनमा भएको बोझ हट्न जाँदा मन चङ्गा हुनुका साथै तन पनि स्वस्थ रहनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । कुनै आकस्मिक उपहार पाइनुका साथै विविध कुराको लाभ हुनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । कसैलाई नयाँ रोजगारी मिल्ने सम्भावना छ । अनपेक्षित विवादबाट बच्न बोली र व्यवहारमा सतर्क रहनुपर्ने बेला छ । आफन्तमा कसैलाई समस्या पर्न सक्छ । सकेसम्म सक्दो प्रयास गर्न खोजिनेछ । व्यक्तिगत खुसीका लागि केही कुराको किनमेल गरिनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न गरिनेछन् ।
मिथुन
विविध कुराले गर्दा अचानक व्यस्तता बढ्नसक्छ । स–साना कुरामा पनि आफैं खट्नुपर्दा तनाव हुनसक्छ । समय र कामको तालमेल मिलाउन र कार्य विभाजन गर्नसके काममा धेरै सहज हुनेछ । स्वास्थ्यप्रति सजग रहँदै खानपानमा ध्यान दिनुपर्नेछ । अनावश्यक र आफू असम्बन्धित काम कुरामा जतिसक्यो तर्किनु नै उचित हुनेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । एक–अर्काको कुरालाई मनन गर्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै पनि कुरामा निर्णय गर्न बढी नहतारिएकै राम्रो होला । व्यापारिक क्षेत्र सफल रहनेछ । कुनै कुराहरू छोराछोरीको खुसी विचारेर गर्नुपर्ने हुन्छ । ११ गतेदेखिको छैठौं बुधले धेरै कुरामा समन्वयन ल्याउने प्रयास गर्नेछ । आत्मबल र आत्मविश्वासका साथ काममा डट्नु उपयुक्त हुनेछ ।
कर्कट
आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ । कुरा काट्नेहरू पनि तपार्इंकै पक्षमा बोल्न खोज्नेछन् । नयाँ एवं पुराना मित्रवर्गसित भेटघाट गर्ने मौका जुट्नसक्छ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ । सन्तान सुखका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला । दाम्पत्य जीवनमा कहिलेकाहीँ वैचारिक मतभेद भए पनि माया र समझदारी भने कायमै रहनेछ । कुनै कुराले अनाहकमा दुःख दिन सक्छ । समयानुसार सजग रहँदै आफ्नो कर्तव्यमा भुल्नु उचित हुनेछ । कसैले तपाईंको मन चोर्न र कुरा बुझ्न विभिन्न तरिका अपनाउन सक्छन् । सकेसम्म आफ्नो गोपनीयतामा अडिग रहनुहोला । कसैसित कुराकानी र व्यवहार गर्दा विशेष सजग रहनुपर्नेछ ।
सिंह
शरीर स्वस्थ रहनेछ । त्यसैले काम गर्ने पराक्रम बढ्नेछ । माइती एवं इष्टमित्रसित भेट्ने मौका जुट्नेछ । प्रायः सबै कुरा आफूले भनेअनुसार नै सम्पन्न हुनेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । कहीँ–कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । कसैलाई नयाँ रोजगारी मिल्न सक्छ भने कसैको सरुवा वा बढुवा हुनसक्छ । कुनै खास कामका लागि रकमको जोहो हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । विभिन्न कुराले मनले निकै खुसी हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । मनोरञ्जनात्मक कार्यमा संलग्न हुने मौका जुट्नेछ ।
कन्या
पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कुनै काम विशेषले कतैको यात्रा हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । प्रायः सबै काम तपाईंकै प्रभुत्वमा सम्पन्न हुनेछन् । आफ्नो खुसीलाई ध्यानमा राखेर कुनै कुराको किनमेल हुनसक्छ । कतैबाट उपहार पाइन सक्छ । मनले खुसी हुन धेरै बहाना भेट्नेछ । जता जाँदा पनि आफ्नो मालसामानको राम्रो ख्याल गर्नुपर्ने हुन्छ । सबैबाट अपेक्षित सहयोग नमिल्न सक्छ । सकेसम्म अनपेक्षित रही काम गर्ने प्रयास गर्नुपर्नेछ । टाउको एवं आँखा दुख्ने योग भएकाले झिनामसिना कामबाट तर्किन खोज्नुमै भलो हुनेछ ।
तुला
वैदेशिक यात्राको योग रहेको छ । विविध कुराले गर्दा यो महिनामा बढी व्यस्त भइएला । स–साना कामकुरामा पनि आफैंलाई खट्नुपर्दा कामको चाप बढ्नसक्छ । समयानुसार कामको विभाजन गर्नसके आफैलाई सहज हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । सकेसम्म अनपेक्षित रही काम सक्ने प्रयास गर्नुपर्नेछ । जीवनसाथीले सहयोग गर्ने प्रयास गर्नेछन् । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कसकसैको यो महिनामा नयाँ साथीसित मित्रता गाँसिन सक्छ । पेट, मुटु र रक्तचापका बिरामीले भने खानपानमा सजग रहनुपर्नेछ ।
वृश्चिक
व्यक्तिगत काममा सफल भइनेछ । विभिन्न कामका निमित्त केही कुराको किनमेल हुनेछ । सबै कुरा आफूले सोचेअनुरूप सहज नहुनसक्छन् । भनेजस्तो काममा सफलता पाउन सकारात्मक सोच राखीबढी मेहनत गर्नुपर्ने हुन्छ । अनपेक्षित विवादको स्थिति आउनसक्ने सम्भावना भएकाले कुराकानी गर्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । कुरालाई राम्ररी बुझ्न नसक्दा नयाँ दम्पतीमा भने खटपट पर्न सक्छ । नयाँ जोडीहरूले एकअर्काको मनोभाव बुझ्दै तदनुरूप काम गर्नुपर्ने बेला छ । कुनै पनि कुरामा सम्झौता गर्न मनले मान्ने छैन । प्रतिस्पर्धात्मक काम गर्दा आफ्नो गोपनीयतामा अडिग रहनुहोला ।
धनु
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछ । कुनै विशेष काममा सफल भइनेछ । कतै यात्रा गर्नुपर्ने हुनसक्छ । जहाँ गए पनि राम्रो मानसम्मान हुनेछ । तपाईंको कार्यकुशलताको चर्चा हुनेछ । कुनै धार्मिक कार्यमा संलग्न हुनुपर्ला । आर्थिक एवं व्यापारिक पक्ष दुवै सुदृढ रहनेछन् । कसैकसैलाई कुनै नयाँ काम वा प्रोजेक्ट हात पर्नसक्छ । समयलाई आफू अनुकूल चलाउने प्रयास हुनेछ । समयसापेक्ष रहँदै आफ्ना आवश्यकतालाई पनि पूरा गर्न लागिपरिनेछ । एघार गतेदेखि बाह्रौं बुधले गर्दा विविध कुरामा बहस, वैचारिक मतभेद र अपजस आदिको सम्भावना देखिए पनि एघारौं सूर्यले सबै समस्या सुल्झाउँदै समयलाई सन्तुलनमा ल्याउनेछ ।
मकर
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । प्रायः सबै कामकुरा आफ्नै अनुकूलतामा सम्पन्न हुँदै जानेछन् । कुनै कारणवश रोकिएको कामले गति लिन थाल्नेछ । मनमा भएको तनाव हट्दा मन प्रसन्नर हनेछ । माइतीपक्षबाट अपेक्षित सहयोग पाइनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । साथीसङ्गीसित कतै भेटघाट गर्ने कार्यक्रम बन्न सक्छ । कुनै नयाँ कामबारे योजनानुसार छलफल हुन सक्छ । शैक्षिक, धार्मिक सामाजिक, साहित्यिक र सांस्कृतिक क्षेत्रसित आबद्ध व्यक्तिलाई सफलता मिल्नेछ । समसामयिक काम गर्दा स्वास्थ्य र खानपानमा पनि ध्यान दिनुपर्ने बेला छ ।
कुम्भ
महिनाको शुरुवाती दिन आफू अनुकूल नहुन सक्छन् । स–साना कुराले पनि अनावश्यक तनाव दिने र बढी खट्नुपर्ने हुनसक्छ । एघार गते बुध दसौंमा गएपछि समय केही सहज हुनेछ । आर्थिक एवं व्यापारिक पक्ष सुदृढ रहनेछन् । माइतीपक्षबाट अपेक्षित साथ र सहयोग मिल्नेछ । तपाईंको अनुकूलता विचारी काम गर्ने प्रयास गरिनेछ । विभिन्न कुराको लाभ हुनेछ । कतैबाट आकस्मिक उपहार पाइनसक्छ । घरमा केही सामग्रीमा हेरफेर हुनसक्छ । व्यक्तिगत कामका लागि पनि समय निस्कनेछ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित समझारी कायम रहनेछ । सम्भावित अपजश हुनसक्ने भएकोले कुनै पनि कुरामा आफ्नो राय दिनुअघि राम्ररी विचार गर्नुपर्नेछ । कुनै पनि कुरामा नहतारिनु नै लाभप्रद रहनेछ ।
मीन
यो महिना मिश्रित खालको हुनेछ । कहिले अनपेक्षित तनाव हुन्छ भने कहिले आकस्मिक खुसी पनि हुनसक्छ । शान्त, सकारात्मक र तटस्थ भई काम गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा समझदारी हुँदाहुँदै पनि कुनै कुरामा अलमल हुनसक्छ । सकेसम्म एक–अर्काको मनको कुरा बुझ्ने प्रयत्न गर्नुपर्नेछ । कुनै धार्मिक कार्यमा संलग्न हुनुपर्नेछ । कुनै कुराको कारोबारबाट सफलता मिल्ला । व्यक्तिगत कामका लागि विभिन्न कुराको किनमेल हुनसक्छ । कतैबाट कुनै आकस्मिक उपहार पाइनसक्छ । स्वास्थ्य र खानपानका क्षेत्रमा सजग रहनुपर्नेछ । जुन कुराले अकारण दुःख दिइरहेको छ, त्यस कुराको समाधान जतिसक्यो छिटो गर्न सके मन सुखी रहनेछ । 

 Image