Successfully Copied


मेष

विभिन्न कामकुरामा संलग्न हुनुपर्नेछ । कुनै कुराले मनमा डर पैदा हुनसक्छ । स–साना कुरामै जोडीसित झगडा हुनसक्ने भएकाले संयमित रहनुपर्ने बेला छ । कुनै कुरामा केही खर्च हुनसक्छ । सकारात्मक सोचमा रहनसके सबै काममा सहज हुँदै जानेछ । व्यक्तिगत काममा भने सफलता मिल्नेछ । कसैको भर नपरी आफ्नै भरमा काममा खट्नसक्नु नै बुद्धिमानी हुनेछ । ऐनमौकामा सहयोगी हात पछि सर्नसक्छन्, तसर्थ खुराफाती व्यक्तिहरूबाट तर्किनु नै राम्रो हुनेछ । कुनै पनि काम, बोली र व्यवहारमा नहतारिनु नै राम्रो हुनेछ ।

वृष
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कामहरू क्रमशः बन्दै जानेछन् । यात्रा गर्ने योग छ । नयाँ एवं पुराना मित्रहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुने मौका मिल्ला । पेटका बिरामी एवं दीर्घरोगीहरूले भने स्वास्थ्यमा ख्याल गर्नुपर्ने बेला छ । कुनै पनि ठाउँमा जाँदा आफ्नो ओखती र खानपानमा ध्यान दिनुहोला । आफ्नो गोप्य कुरा सम्बन्धित मानिसँग गर्नु उपयुक्त हुनेछ । असम्बन्धित कामकुराबाट तर्किनसके सम्भावित विवादबाट बच्न सकिनेछ ।

मिथुन
मनमा भएको तनाव र चिन्ता हटेर जानेछ । योजनानुसारका काममा सफलता मिल्दै जानेछ । कुनै कुराको सुरूवातले मन ढुक्क रहला । पारिवारिक सदस्यबाट साथ र सहयोग मिल्नेछ । सोचेअनुसारका काममा समय दिन पाउँदा मन खुसी हुनेछ । प्रतिस्पर्धात्मक काममा सहभागिता जनाउने मौका मिल्नेछ । प्रायः सबै कामकुरा आफ्नै निर्देशनमा सम्पन्न हुनेछन् । व्यापारिक क्षेत्रमा पनि राम्रै सफलता हात लाग्नेछ । कुनै पनि काम गर्दा नहतारिएकै राम्रो हुनेछ । को आफ्नो को पराई भन्ने चिनेर तदनुरूप व्यवहार गर्नसके आफैंलाई सजिलो होला । कसैको कुरालाई गम्भीर रूपमा नलिनु नै बुद्धिमानी हुनेछ । कतिपय कुराहरू आफ्नै सुझबुझमा गर्नु फलदायी हुनेछ ।

कर्कट
काम गर्दागर्दै कहिलेकाहीँ तनाव आइलाग्नसक्छ । प्रतिस्पर्धात्मक काममा गोपनीयतामा अडिग रहनुपर्ला । आफ्नै सुझबुझका साथ प्रस्तुत हुनसके धेरै कुरामा सहज हुनेछ । गोचरमा शुक्र अनुकूल भएकाले समय क्रमशः आफू अनुकूल बन्दै जानेछ । इष्टमित्रमा नयाँ सदस्यको आगमन हुनसक्छ । व्यावसायिक क्षेत्रमा राम्रै धनलाभ हुनेछ । बेलाबेलामा दम्पतीमा सामान्य खटपट परे पनि एक–अर्कामा आवश्यक समझदारी कायमै रहनेछ । कुनै भोजभतेरमा संलग्न हुने मौका मिल्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । कुनै कुराले गर्दा मनमा प्रसन्नता बढ्नेछ । 

सिंह
पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै विशेष काममा सहभागी हुने मौका मिल्नेछ । सबैले मान–मर्यादा गरी तपाईंको कुरा बुझी काम गर्ने प्रयत्न गर्नेछन् । कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ने हुनसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । कसैकसैलाई आफ्नो कार्यक्षेत्रबाटसम्मान मिल्नेछ । प्रायः तपाईंकै अनुकूलतामा काम सम्पन्न हुनेछन् । कहिलेकाहीँ कुनै कुरा मनमा खेल्नसक्छन् । सकारात्मक सोचमा रही काम गर्नुपर्ने अवस्था छ । बोली र व्यावहारिक काम गर्दा भने सजग हुनुपर्ला । कुनै पनि कुरामा नहतारिनु नै लाभप्रद रहनेछ ।

कन्या
समसामयिक कामकुरालाई लिएर कतैको यात्रा हुनसक्छ । मनमा भएको तनाव क्रमशः घट्दै जानेछ । योजनानुसार सबै कामहरू बन्दै जानेछन् । मनमा उत्साह बढ्नेछ । इच्छानुसार समयको सदुपयोग गरिनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग मिल्नेछ । विविध कुराले गर्दा मनले रमाउने मौका पाउनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पाइनेछ । कुनै कुराको लाभ हुनसक्छ । मनले कुनै नयाँ काम गर्ने योजना बुन्न सक्छ । समग्रमा महिना सन्तोषजनक रहनेछ ।

तुला
सहयोगी हातहरू पछि हट्नसक्छन् । आफैले आफ्नो काम गर्नु उपयुक्त हुनेछ । अरू कसैको साथ नमिले पनि जोडीबाट अपेक्षित साथ र सहयोग मिल्नेछ । आफू असम्बद्ध कामकुराबाट तर्किनसके टाउको दुखाइबाट बच्न सकिनेछ । अनावश्यक खर्च हुने वा मालसामान छुट्न सक्ने भएकाले किनमेल गर्दा चनाखो रहनुपर्ला । अरू कुराहरू भने राम्रै रहनेछन् । कुनै–कुनै सामानमा हेरफेर हुनसक्छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफूलाई सकारात्मक राख्ने प्रयत्न गरिनेछ । कतैबाट आकस्मिक लाभ हुनसक्छ ।

वृश्चिक
कुनै कामविशेषले ओहोरदोहोर गरिरनुपर्ला । प्रायः सबै काम आफैले गर्नुपर्ने हुँदा भ्याइनभ्याइ हुनसक्छ । समयावस्था विचारेर मिलेसम्म नगरी नहुने कुरामा मात्र बढी जोड दिएमा काममा केही सहज हुनेछ । १० गतेपछि शुक्रले साथ दिँदै जानेछ । समय हेरी आफूलाई केही समय छ्ट्याइनेछ । परिवारका निमित्त पनि केही समय निकालिनेछ । जसरी पनि आफू खुसी हुँदै कामलाई सल्टाउनतिर लागि परिनेछ । दाम्पत्य जीवनमा एक–अर्कालाई राम्ररी बुझ्ने र समय दिने अवसर मिल्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । कुनै मनोरञ्जनात्मक काममा आबद्ध हुने मौका मिल्नेछ । कुनै कुराले मनमा खुसी दिलाउनसक्छ ।

धनु
विविध कुराले मनमा कुरा खेल्नसक्छन् । सकारात्मक सोचमा अडिग रहनसके सबै कुरामा सहज हुँदै जानेछ । पारिवारिक सुख एवं सहयोग मिल्नेछ । समयानुसार विभिन्न खालका काममा आबद्ध हुनुपर्नेछ । प्रायः सबै काम आफ्नै निर्देशनमा सम्पन्न हुनेछन् । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । तपाईको बोलीको प्रभाव बढ्नेछ । साहित्य, संगीत, कला, गायन आदि विभिन्न विधामा सफलता मिल्नेछ । २० गतेसम्म बुधले राम्रो साथ दिनेछ भने त्यसपछिको समयमा केही सुस्तता आउनसक्छ । सकेसम्म सकारात्मक सोच र पकडमा रहने प्रयत्न गर्नुपर्ला । स्वास्थ्यमा कुनै समस्या देखिएमा लापरबाही नगरी बेलैमा उपचार गरिहाल्नु नै लाभप्रद रहनेछ ।

मकर
समय विचारेर आफूलाई प्रस्तुत गरिनेछ । कामविशेषले कतैको यात्रा हुनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कुनै धार्मिक काममा सहभागी हुने मौका मिल्नेछ । माइती एवं मावलीबाट भनेजस्तो साथ मिल्नेछ । यो महिनामा कसैकसैको लगनगाँठो जोडिनसक्छ । सबैतिरबाट भनेजस्तो साथ र सहयोग मिल्नेछ । समय आफूअनुकूल हुँदा मन तनावरहित हुनेछ । कतैको यात्रा गर्ने सम्भावना पनि छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । नयाँ एवं पुराना साथीसित भेटघाट गर्ने मौका मिल्नेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । समग्रमा महिना आफू अनुकूल नै रहनेछ ।


कुम्भ

कुनै धार्मिक एवं सामाजिक काममा संलग्न हुने मौका मिल्नेछ । रोकिएको काम अघि बढ्दै जानेछ । कतैबाट लिन बाँकी रहेको रकम उठ्नेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । आर्थिक क्रियाकलापमा लगानी गर्दा विचार गर्नु उचित हुनेछ । माइतीपक्षबाट भनेजस्तो साथ र सहयोग पाइनेछ । कतिपय कुरामा लाभ हुनसक्छ । व्यावसायिक क्षेत्र सफल रहनेछ । हतारमा वा कसैको लहैलहैमा लागी कुनै काम नगरेकै उत्तम ठहरिनेछ । कसैले अनाहकमा निहुँ खोजेर तपाईंको धैर्यको परीक्षा लिनसक्छन् । आफूलाई जतिसक्यो शान्त, धीर र सकारात्मक राख्ने प्रयत्न गर्नुहोला । के कुरा कत्तिको उपयुक्त छ भनी बुझेर चल्न सक्नुमै बुद्धिमानी हुनेछ ।

मीन
योजनाबद्ध रूपमा सबै कुरा मिल्दै जानेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । यो महिनामा कसैकसैको विवाहको योग छ । आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति एवं प्रगति गर्ने अवसर मिल्नेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । विविध कुराले मनमा खुसी छाउनेछ । कहिलेकाहीँ काम गर्दा सानातिना बाधा आइलाग्नसक्छन्, धैर्यपूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । धैर्यपूर्वक प्रतिक्रिया दिन सकेमा सम्भावित विवादबाट बच्न सकिनेछ । कुनै आर्थिक काममा लगानी गर्नुपूर्व बजारभाउ आदि राम्ररी बुझ्नु उचित हुनेछ । कुनै पनि कुरामा नहडबडाएकै राम्रो हुनेछ ।

 Image