बर्दियाको गुलरिया–२ स्थित खैरापुर क्षेत्रमा कृष्णसारको चलहलपहल मनमोहक देखिन्छ । यहाँ पुग्ने मानिसहरू दुर्लभ वन्यजन्तुले गर्नेविचरण र वात्सल्य प्रेम हेरेर रोमाञ्चित हुन्छन् । अझ यसको सुरिलो आवाजले धेरैलाई मोहित बनाउ“छ । लामो बटारिएको आकर्षक सिङ, सेतो पेट र कत्था रंगको माथिल्लो भागको भुत्लाले कृष्णसार चित्ताकर्षक देखिन्छ ।
कृष्णसार स्तनधारी वन्यजन्तु हो । यो नदीको तटीय क्षेत्रको खुल्ला र घा“से मैदानमा बस्न मन पराउँछ । पोथी कृष्णसारले एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ । वन्यजन्तु विज्ञका अनुसार यसको औसत आयु १२ वर्ष हुन्छ । कृष्णसारको आहारा घाँस, दुबो, सिरु र काँसलगायत हुन् । बच्चाले आफै आहार नखाउन्जेलसम्म माउले करिब एक महिना दूबो वा घाँसको झाडीमा लुकाएर राख्छ ।
सरकारले ०६५ चैत ३ मा खैरापुर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरी कृष्णसार संरक्षित गर्दै आएको छ ।केही वर्षयता उक्त क्षेत्रमा कृष्णसारको संख्या २६ ले बढेको छ । संरक्षण क्षेत्रका अधिकारीका अनुसार पछिल्लो समय गणना गर्दा भाले ४२, पोथी ११४ र बच्चा २७ वटा गरी सबैको संख्या १८३ पुगेको छ ।