Successfully Copied

चिनियाँ यात्रुले देखेको त्यो ‘हिमाल’

झन्डै १४ सय वर्षअघि चिनियाँ पैदलयात्रु ह्वेयङ साङ् तिलौराकोट (प्राचीन कपिलवस्तु) स्थित बुद्धस्थल (प्राचीन कपिलवस्तु) आएका थिए । उनी नौवर्ष भन्दा बढी समय हिँडेरै नेपाल र भारतका प्रायः सबै बौद्धस्थल अध्ययन–भ्रमण गरेका थिए ।

झन्डै १४ सय वर्षअघि चिनियाँ पैदलयात्रु ह्वेयङ साङ् तिलौराकोट (प्राचीन कपिलवस्तु) स्थित बुद्धस्थल (प्राचीन कपिलवस्तु) आएका थिए । उनी नौवर्ष भन्दा बढी समय हिँडेरै नेपाल र भारतका प्रायः सबै बौद्धस्थल अध्ययन–भ्रमण गरेका थिए । साङ्ले तिलौराकोटबारे यात्रा विवरण लेखे । त्यसै आधारमा बुद्धको जन्मस्थल लुम्बिनी प्रमाणित गर्न सहयोग पुग्यो । शाक्यवंशीय राजधानी तिलौराकोटको पहिचान गर्न पनि उनको यात्रा विवरण आधार बन्यो । उनले आफ्नो स्थलगत भ्रमणका क्रममा तिलौराकोटको मात्रै भ्रमण गरेनन्, गोटिहवा र निग्लिहवाको निरीक्षण पनि गरेका थिए । उनको यात्रा विवरणमा एउटा महत्वपूर्ण तथ्य उल्लेख छ, त्यो हो–तिलौराकोट उत्तर सेताम्य हिउँ परेका पहाडी भू–भाग देखिनु । त्यतिखेर सेताम्य हिमाल देखिएको तथ्य उनले आफ्नो यात्रा विवरणमा उल्लेख गरेको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए । ‘साङ्ले यात्रा विवरणमा उल्लेख गरेजस्तै हिमाल लामो समयपछि देखियो,’ उनले भने, ‘जुन साँच्चै मनमोहक र रोमाञ्चित गर्ने खालको थियो ।’ प्रदूषण र जलवायु परिवर्तनकाकारण दुईदशक यता राम्रो देखिएको थिएन । 

यसैगरी २६ सय वर्षअघि ज्ञानको खोजीमा भिक्षु भेषमा राजकुमार सिद्धार्थ भारतको राजगृह पुगेको प्रसंग पनि चाखलाग्दो छ । त्यसताका राजकुमार त्यहाँ भिक्षा माग्दै हिँडेका थिए । तर, उनलाई राजकुमार भनेर कसैले चिन्न सकेका थिएनन् । नगरमा प्रतिभावान् भिक्षुको आगमन भएको छ भनेर मगध नरेश बिम्बिसारको कानसम्म पुग्यो । खबर सुन्नासाथ रथमा चढेर भिक्षु भएको ठाउँमा पुगे । उनले सादर वन्दना गर्दै भनेका थिए, ‘तिमी को हौ ? कहाँबाट आएका हौ?’ जबाफमा राजकुमारले भनेका थिए,‘म शाक्य राज्यबाट शान्तिको खोजीमा हिँडेको व्यक्ति हुँ । म त्यहाँबाट आएको हुँ जहाँबाट सेताम्य मनोरम हिमाल देखिन्छ । हिमालको काखमुनि घर छ । त्यतैबाटबगेर आएको पानी पिउँथ्यौँ ।

जुनबेला सेतो हिमालको व्याख्या राजकुमार सिद्धार्थले राजा बिम्बिसारलाई गरेका थिए । त्यसताका साताभित्रै तिलौराकोट आसपासबाट गजबले हिमाल देखियो । तिलौराकोट आसपासबाट पाँचवटा हिमाल देखिएका थिए । दायाँतिरबाट सबैभन्दा पहिलो ७ हजार २१९ मिटर अग्लो अन्नपूर्ण साउथ, त्यसपछि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलो र ७ हजार १३४ मिटर अग्लो तिलिचो हिमाल देखिएको थियो । त्यसैगरी ७ हजार ६१ मिटर अग्लो नीलगिरी हिमाल र ६ हजार १६७ मिटर अग्लो धौलागिरी हिमाल देखिएको थियो । सबैभन्दा राम्रो अन्नपूर्ण पहिलो र धौलागिरी हिमाल देखिएका थिए । 

पोखराबाट देखिने हिमालको आनन्द तराईको कपिलवस्तुबाट पाउँदा अद्वितीय रोमाञ्चकता थपिएको थियो । मौसम सफासँगै बिहान र साँझ सूर्यको किरण हिमालमा पर्दा उस्तै सुन्दर देखिन्थ्यो । 

अचेल बेला–बेला तिलौराकोटबाट झुल्कने हिमालले पनि उत्तिकै मन जित्ने गरेको छ । पछिल्लो समय महिनायता सात पटकजति हिमाल उघारिएर तिलौराकोटबाट आँखा अघि देख्दा स्थानीय रोमाञ्चित बनेको गोपीकृष्ण शर्माले बताए । 

 Image