Successfully Copied

मेष
यो महिनामा कसैकसैलाई मानसम्मान प्राप्त हुनसक्छ । कतै जाने प्रबन्ध मिल्नसक्छ । नयाँ काम गर्ने अवसर मिल्नसक्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । अनावश्यक खर्च हुने योग भएकाले किनमेल गर्दा सजगता अपनाउनुपर्ने बेला छ । जता जाँदा पनि आफ्नो मालसामानको राम्रो ख्याल गर्नुहोला । टाउको एवं आँखा दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजगता अपनाउनुहोला । नवीन वस्त्रप्राप्तिको योग छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । धेरैजसो काम आफ्नो रोहबरमा सम्पन्न गरिनेछन् ।
वृष
विविध कुराले गर्दा व्यस्त भइनेछ । सानातिना कुरामा पनि आफै अल्झिनुपर्दा अलिक भ्याइनभ्याइ हुनसक्छ । कतैको यात्रा हुने सम्भावना छ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । पेट र मुटुका बिरामीहरूले जता जाँदा पनि आफ्नो स्वास्थ्य र खानपानको ख्याल गर्नुपर्ला । समयलाई आफू अनुकूल बनाउन खोजिनेछ । प्राय: सबै काम आफ्नै इच्छानुसार सम्पन्न हुनेछन् ।
मिथुन
घरमा कुनै सरसामानको जोहो हुनसक्छ । इच्छानुसारका कामकाजमा सफलता मिल्दै जानेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछन् । कुनै कुराको आकस्मिक लाभ हुनेछ । पारिवारिक भेटघाट हुनेछ । माइतीपक्षसित रमाइलो समय बिताउने मौका मिल्नेछ । विभिन्न ठाउँमा निम्तालु बनी जानुपर्ला । दाम्पत्य जीवनमा आपसी समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दा अपजस आइलाग्नसक्छ । सकारात्मक सोचविचारमा रही काम गर्नुपर्ने बेला छ । अनावश्यक कामकुरामा चासो नदिनु नै उचित हुनेछ ।
कर्कट
प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । न्यायिक, सामाजिक, शैक्षिक, साहित्यिक काममा अभ्यस्त व्यक्तिलाई आफ्नो कार्यक्षेत्रबाट राम्रो मानसम्मान मिल्नेछ । कसैकसैको यो महिनामा माइती गएर बस्ने मौका मिल्नसक्छ । धार्मिक क्रियाकलापका क्षेत्रमा मनको झुकाव बढ्नेछ । आर्थिक क्रियाकलापका क्षेत्रमा सफल भइनेछ । मनमा भएको तनाव हट्दा सबै काम गर्न मनले सहज ठान्नेछ । कसैकसैको कतै घुमघाम गर्ने सम्भावना पनि छ । साथीहरूसित रमाइलो जमघट हुनेछ । सबै कुरा भनेअनुसार मिल्दै जानेछन् । सबैतिरबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । महिनाको पूर्वाद्र्ध तपाईंका लागि फलदायी रहनेछ भने उत्तराद्र्ध ठीकै रहनेछ ।
सिंह
माइतीपक्षसित भेटघाट हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । निम्तालु बनी कतै जानुपर्नेछ । कुनै प्रतिस्पर्धात्मक कार्यमा सहभागी बन्ने मौका मिल्नेछ । कुनै कारणवश रोकिएको काम पनि अघि बढ्न थाल्नेछ । व्यक्तिगत कामकाजमा पनि सफलता मिल्नेछ । पुराना एवं नयाँ मित्रवर्गसित भेट्ने मौका जुट्न सक्छ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सफल रहनेछ । सबै क्षेत्रका व्यक्तिलाई यो महिना सहज एवं लाभदायक रहनेछ ।
कन्या
कुनै कुराले मनमा कुरा खेल्न सक्छ । व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्ने बेला छ । महिनाको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध आफू अनुकूल रहनेछ । माइतीपक्षसित भेटघाट हुनसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । टाउको दुख्नसक्ने भएकाले सकेसम्म झिनामसिना काम नगरेकै उत्तम रहनेछ । सकारात्मक सोचका साथ अघि बढे सफलता प्राप्त हुनेछ । आर्थिक क्रियाकलापका काम गर्दा समस्या हुनसक्छ । तसर्थ धैर्य भई काम गर्नुपर्ने बेला छ । जसले जेसुकै भने पनि वास्ता नगरेकै उचित हुनेछ । अनपेक्षित अपजस आइलाग्नसक्ने भएकाले हरेक कुरामा सतर्क रही कम बोलीमै काम सक्नु राम्रो हुनेछ ।
तुला
मनमा धेरै कुरा खेले पनि आफ्नै सुझबुझले काम गर्दा सक्ने राम्रो हुनेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । सकेसम्म आपसी समझदारीमा रही एक–अर्काको कुरा बुझ्ने प्रयास हुनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । शैक्षिक, सामाजिक, न्यायिक र साहित्यिक काममा सफल भइनेछ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै विशेष कुराको लाभ हुनेछ । जोडीबाट कुनै राम्रो सुन्न पाइएला । दीर्घरोगका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ ।
वृश्चिक
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । योजनाबद्ध रूपमा सबै कुरा मिल्दै जानेछन् । पारिवारिक वातावरण सुखद रहनेछ । विविध कुरामा मन रमाउनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुने मौका मिल्नेछ । सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । पेटका बिरामीहरूले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । कसैकसैको सरुवा हुनसक्छ । समयले पनि सोचेअनुरूप साथ दिँदै जानेछ । सबैसित कुराकानी गर्दा संयमता अपनाउनुपर्ला ।
धनु
समस्याको समाधान हुनेछ । मनमा भएको तनाव हटेर जानेछ । सबै काम सहज रूपमा सम्पन्न हुनेछन् । सोचेअनुसार सफलता मिल्दै जानेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । रिस गर्नेहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित साथ एवं समझदारी कायम रहनेछ । कसैलाई तपाईंको साथ र सहयोगको आवश्यकता पर्नसक्छ । सामाजिक काममा अग्रसर भइनेछ । धार्मिक कार्यप्रति झुकाव बढ्नेछ । कुनै खास कामका लागि तपार्इंलाई सम्झिइनेछ ।
मकर
विभिन्न कामकुराले गर्दा व्यस्त भइनेछ । प्रतिस्पर्धात्मक काम गर्दा सजगता अपनाउनुहोला । आफ्नो गोपनीयतामा अडिग रहनुपर्ने बेला छ । आफ्नो काम सम्पन्न नहुन्जेल कनै पनि कुरा बाहिर व्यक्त नगरेकै राम्रो हुनेछ । भरसक शान्त एवं धैर्य भई आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । स्वास्थ्य र खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्नेछ । स–साना लापरबाहीले पनि तनाव हुनसक्छ । तसर्थ कुनै काम पनि आरामका साथ गर्नु राम्रो हुनेछ । दाम्पत्य जीवनमा कुनै कुरामा मतभेद भए पनि आपसी समझदारी भने कायम रहला । सन्तानसित कुनै कुरालाई लिएर छलफल हुनसक्छ ।
कुम्भ
गरेको काममा सफलता मिल्नेछ । सोचेअनुसार सबै काम
मिल्दै जानेछन् । इष्टमित्रसित भेटघाट हुनेछ । नयाँ साथीसित मित्रता गर्ने अवसर मिल्नेछ । परिवार वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ । आर्थिक र व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । घरमा कोही पाहुना आउन सक्छन् । मान्यजनसित भेटघाट हुनेछ । कसैकसैलाई माइती गएर बस्ने मौका मिल्नसक्छ । कुनै नयाँ काममा हात हाल्ने अवसर जुर्ला । सन्तानबाट अपेक्षित सुख–सन्तोष पाइनेछ । महिनाको उत्तराद्र्धमा दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । एक–अर्काको कुरा बुझी काम गर्नसके सम्बन्धमा नयाँपन थपिनेछ ।
मीन
तनमन दुवै स्वस्थ रहँदा काम गर्ने जाँगर बढ्नेछ । हरेक कामकुरा सहज ढंगले सम्पन्न हुनेछन् । कसैकसैलाई कार्यालयको कामले कतै जानुपर्ने हुनसक्छ । कतैबाट सापटी रकम फिर्ता मिल्नेछ । कुनै सामानको किनमेल गर्दा कुनै कुरामा छुट पाइनसक्छ । कसैकसैलाई नयाँ रोजगारीको प्रस्ताव आउनसक्छ । साथीहरूसित कतै जमघट हुनसक्छ । कुनै विशेष व्यक्तिको आगमन हुनसक्छ । जता जाँदा पनि आफ्नो मालसामानको राम्रो ख्याल गर्नुपर्ने बेला छ । चोटपटक लाग्नसक्ने भएकाले हिँड्दा वा कुनै काम गर्दा होशियार रहनुहोला । 

 Image