कास्की जिल्लाको मोदीखोला उपत्यकामा करिब २००० मिटर उचाइमा अवस्थित सुन्दर पहाडी गाउँ हो- घान्द्रुक । गुरुङ तथा मगर बाहुल्य यो उच्च पहाडी गाउँ अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने सुन्दरतम स्थालहरूमध्ये एक हो । सुन्दर हिमालहरूलाई आँखाका माध्यमबाट मनमा कैद गरी जीवनकै अविस्मरणीय पल बिताउने चाहना भएका जोकसैले पनि जीवनमा एकपटक पुग्नैपर्ने घान्द्रुकको सौन्दर्य शब्दमा बयान गर्नु असम्भवप्राय: छ ।
तस्बिर : महेश प्रधान