Successfully Copied

विदेशमा हनिमुन

मंसिरदेखि जेठसम्मलाई नै हनिमुनको सिजन मानिन्छ । हरेक जोडी विवाहपछिको हनिमुनका लागि एक्साइटेड पाइन्छन् । हनिमुनका लागि हाम्रै देशमा धेरै ठाउँ रमणीय छन् । यद्यपि कतिपय नवविवाहित जोडीको चाहना विदेश घुमघाम हुन्छ । सही र कम खर्चमा घुमघाम हुने स्थानको जानकारी नहुँदा आफ्नो इच्छा मार्नुपर्ने अवस्था पनि

मंसिरदेखि जेठसम्मलाई नै हनिमुनको सिजन मानिन्छ । हरेक जोडी विवाहपछिको हनिमुनका लागि एक्साइटेड पाइन्छन् । हनिमुनका लागि हाम्रै देशमा धेरै ठाउँ रमणीय छन् । यद्यपि कतिपय नवविवाहित जोडीको चाहना विदेश घुमघाम हुन्छ । सही र कम खर्चमा घुमघाम हुने स्थानको जानकारी नहुँदा आफ्नो इच्छा मार्नुपर्ने अवस्था पनि आउँछ । धेरैलाई के जानकारी हुँदैन भने विदेशका कतिपय ठाउँ नेपाल घुमघाममा हुने खर्चमा अलिकति थपथाप गर्दा मज्जाले घुम्न सकिन्छ । त्यस्ता देश सस्ता मात्र होइन सुन्दर पनि छन् । 

स्वर्गको टुक्रा बाली

बालीलाई पृथ्वीको स्वर्ग भनिन्छ । फरक खालको जंगल, समुद्री तट र कलात्मक लाग्ने धान तथा कफी खेती, सूर्यास्तको दृश्य, जंगल सफारी यहाँका प्रमुख विशेषता हुन् । वार्षिक ७० लाख पर्यटक पुग्ने यो टापु हिन्दू संस्कृतिका कारण पनि प्रसिद्ध छ । यहाँ रामायणकालीन देवी–देवताका प्रतिमाहरूले सबैको मन लोभ्याउँछन् । विश्वकै लामो तथा रोमाञ्चक समुद्रीतटमा टहल्न कुन जोडीलाई मन नलाग्ला ? 

सुन्दर श्रीलंका

श्रीलंका पनि सुन्दर पर्यटकीय देश हो । पर्यटकहरूको नजरमा श्रीलंकालाई भर्जिन नै मानिन्छ । भीडभाडबाट टाढा रहेर मनोरञ्जन गर्न चाहने युगल जोडीका लागि यो सस्तो र उपयुक्त ठाउँ हो । श्रीलंकामा समुद्री तट, विश्व सम्पदा सूचीमा परेका हेरिटेज साइड तथा रमाइला चिया बगानको आनन्द लिन सकिन्छ । उलावाल्वे राष्ट्रिय निकुञ्ज घुमघामका लागि उपयुक्त स्थान हो भने एडमपिकको हाइकिङको मज्जा भिन्दै छ । यसका साथै डम्बुला केव मन्दिर विशेष छ । श्रीलंकाको सबैभन्दा लोकप्रिय मन्दिर आफ द टुथ नहेरे घुमघाम अधूरै रहन्छ ।

 

सुन्दर गन्तव्य कम्बोडिया 

धेरै मानिसलाई कम्बोडियाको पर्यटकीय गन्तव्यहरूका बारेमा त्यति जानकारी छैन । कम्बोडिया घुमघामका लागि निकै राम्रो गन्तव्य हो । आफ्नो सुन्दरता, मित्रवत् व्यवहार, सुन्दर इतिहास, सस्तो सहर तथा स्वादिष्ट भोजन यहाँका विशेषता हुन् । कम्बोडिया हनिमुनका लागि राम्रो गन्तव्य बन्दैछ । यहाँ अंगकोरबाट, अर्नेट मन्दिर, फ्नोम पेन्हास्थित भव्य राजमहल घुम्नलायक स्थल हुन् । यो देशको एगकोर थोम सहर घुम्नका लागि उत्कृष्ट मानिन्छ ।

 

रंगीन थाइल्यान्ड

पर्यटकीय गन्तव्यका रूपमा थाइल्यान्ड विश्वकै उत्कृष्ट देशमध्ये एक हो । अझ नवविवाहित जोडीका लागि यो एउटा सस्तो र सहज हनिमुन गन्तव्य हो । थाइल्यान्डका सयौं नीला सामुद्रिक तट, गोल्डेन टेम्पल, सुन्दर प्राकृतिक बजार तथा गन्तव्यले सबैको मन खिच्छ । कम बजेटको गन्तव्य भएको हुँदा हनिमुनका लागि यो धेरैको रोजाइमा पर्छ । थाइल्यान्डको बैंकक मध्यम स्तरको किनमेलका लागि पनि उपयुक्त ठाउँ हो ।

 

जगमगाइरहेको दुबई

हत्केलाको आकारमा देखिने एउटा सानो द्वीप अहिले ठूल्ठूला चम्किरहेका गगनचुम्बी भवन तथा नीलो सामुद्रिक तटका कारण प्रसिद्ध छ । दुबई पुगेपछि नीलो समुद्रसँगै मरुभूमिको पनि अनुभव लिन पाइन्छ । मानव निर्मित यो सहर एकदमै महँगो सहरजस्तो लाग्नसक्छ । यद्यपि यहाँको बजार भने मध्यम बजेटले धान्न सक्ने खालको छ । संसारको सबैभन्दा अग्लो खलिफा टावर यहाँको ठूलो आकर्षक हो । यहाँ घुम्न सकिने अनेकौं सुन्दर ठाउँ छन् । 

परफेक्ट हनिमुनका लागि मालदिप्स

टापु नै टापुले बनेको मालदिप्स हनिमुनका लागि एउटा परफेक्ट गन्तव्य हो । सुन्दर र कम खर्चमा आरामदायक अनुभव लिन सकिने भएकाले मालदिप्स नवविवाहित जोडीहरूको रोजाइमा पर्दै आएको छ । जताततै आकर्षक सामुद्रिक तट, आफै फिसिङ गर्न सकिने सुविधा आदि यहाँका विशेषता हुन् । 

 

 Image