Successfully Copied

‘द पोएट आइडल’ की विजेता नीलम गुरुङ

नेपालमा पहिलोपटक कवितामा आधारित प्रतियोगिता ‘द पोएट आइडल’ की विजेता हुन्–नीलम गुरुङ । सिक्किममा जन्मे÷हुर्केकी उनलाई त्यहाँको साहित्यिक वातावरणले यो क्षेत्र र कलाप्रति खुबै प्रेरित गर्यो ।


नेपालमा पहिलोपटक कवितामा आधारित प्रतियोगिता ‘द पोएट आइडल’ की विजेता हुन्–नीलम गुरुङ । सिक्किममा जन्मे÷हुर्केकी उनलाई त्यहाँको साहित्यिक वातावरणले यो क्षेत्र र कलाप्रति खुबै प्रेरित गर्यो । प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ मा सहभागी पल्लविव, नाथ रायन र मिल्सन राईलाई पछि पार्दै उनी प्रथम ‘पोएट आइडल’ बन्न सफल भइन् । उपाधिसँगै उनले १० लाख रुपैंयाँ नगद पुरस्कार पनि पाएकी छन् ।



नेपालमै पहिलो पटक आयोजित कवितामा आधारित प्रतियोगितामा विजेता हुँदा कस्तो अनुभव भइरहेको छ ?
एकदमै खुसी लागिरहेको छ । जिम्मेवारी बोध भइरहेको छ । अब यसैलाई निरन्तरता दिने योजना बनाएकी छु । गायक र गीतकार पनि हुँ, त्यसैले अन्य क्षेत्र सोचेकी छैन ।


‘पोएट आइडल’ भएपछि कस्तो महसुस गर्नुभएको छ ?
विजेता भइसकेपछि धेरै परिवर्तन महसुस गरें । व्यक्तिगत रूपमा पनि निखारिएकी छु ।चार महिनाको अवधिमा मज्जाले माझिएँ । सिक्किमबाट चेली नीलम भएर आएकी थिएँ अब नौलो नीलम भएर फर्किंदैछु ।


सांगीतिक, मोडलिङ तथा अन्य प्रतियोगिताभन्दा यसमा के फरक महसुस गर्नुभयो ?
कविता आफैंमा फरक विधा हो । यो निकै पृथक् ढंगले हामीमाझ आइपुग्यो । हामी युवा कविहरूलाई न्याय भयो । नयाँ कविहरू पुराना, खारिएका र बुद्धिजीवी कविको नजिक आउन नसक्ने वातावरण थियो । यसले पुराना र नयाँ कविबीचको दूरी छोट्याइदियो । दृश्य र श्रव्य साहित्यको सुरुवात भयो, यसमा नयाँ आयाम थपिएको महसुस भएको छ ।

आफूमा भएको कुन विषयले विजेता बन्न सफल भएजस्तो लाग्छ ?
पहिलो र मुख्य कुरा त मेरा कविताका विषय हुन् । दोस्रो, मेरो आत्मविश्वास र मेरो आवाज । त्यसबाहेक कविता वाचनको मेरो कला र शैलीले पनि थप सहयोग पु¥याएजस्तो लाग्छ ।


यस्ता प्रतियोगिताले युवाको क्षमता प्रफुस्टनमा कस्तो भूमिका खेल्छन् जस्तो लाग्छ ?
एकदमै महत्वपूर्ण भूमिका खेल्ने मैले पाएँ । चलचित्र, संगीत, फेसन, भाषा हरेक कुरामा यस्ता प्लेटफर्मले आफूलाई निखार्न सहयोग गर्छन् भन्ने पहिचान भयो । मैले कविता प्रस्तुत गर्दा परफरमेन्स गर्ने, कुन कविता वाचन गर्दा कस्तो पहिरन लगाउने, आत्मविश्वासी भएर आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा सिकें । त्यसैले असाध्यै निखारिएको महसुस गरेकी छु।


आगामीयोजना के–कस्ता छन्?
धेरैले रियालिटी सो जित्नेहरू हराएर जाने कुरा बताउँछन् । रियालिस्टिक भएर मैले यसैलाई निरन्तरता दिनेछु । मलाई गीतकार, सर्ट मुभी राइटर एवं गायिकाका रूपमा निरन्तर पाइरहनुहुनेछ । 

 Image