Successfully Copied

नेतृत्वविकास र आयआर्जनमा अनिता

२९ वर्षीया उनी गाउँमै आम्दानीका स्रोतहरूको विकल्पको खोजी गर्ने र सामाजिक काममा रमाउँदै मनग्य आम्दानी गर्छिन् ।


पाल्पास्थित तानसेन नगरपालिका–८ की अनिता मिदुनको दैनिकी उन्नत नश्लका गाई र बाख्रा पालनमा बित्छ । २९ वर्षीया उनी गाउँमै आम्दानीका स्रोतहरूको विकल्पको खोजी गर्ने र सामाजिक काममा रमाउँदै मनग्य आम्दानी गर्छिन् ।

 यसमा उनलाई नगरपालिका, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘हेफर नेपाल’ र ग्रामीण आर्थिक विकास संघ (रेडा) को सहयोग समूहमार्फत प्राप्त छ । ०७६ मा नगरपालिकाको छापगाउँमा गठन गरिएको समूह हो, ‘नमूना महिला स्वावलम्बन समूह’ । कृषि तथा पशु उद्यमशीलताको माध्यमबाट स्वरोजगारको सिर्जना गर्दै महिलाहरूको आयआर्जन बढाउने र नेतृत्व विकासमा सहयोग गर्दै सामाजिक पुँजीको निर्माण गर्ने उद्देश्यले समूह गठन भएको हो । सुरुमा अनिता त्यसको सचिवको भूमिकामा थिइन् ।

‘मलाई गाउँमै आम्दानी हुने कार्यक्रममा जोडिने र समाज सेवा गर्ने इच्छा थियो, ‘हेफर’ ले त्यो पूरा गरिदिएको छ’ उनले भनिन्, ‘सानै उमेरमा विवाह भयो, रोजगारीका क्रममा श्रीमान्बिदेसिन बाध्य हुनुभयो ।’ कमजोर आर्थिक अवस्था भएकाले त्यसताका गाउ“मै केही गर्न पाए हुन्थ्यो भन्ने सोच आयो । तर, औपचारिक शिक्षा कम भएकाले अनिताले कतै जागिर पाइनन् । ‘यसै बेला संस्थाको कार्यक्रम आयो, समूह गठनको भेलाले मलाई सचिव बनाउने प्रस्ताव ग¥यो । मनमनै खुसी भए पनि सकिदैन कि भन्ने लागेको थियो, तर पनि आ“ट गरें र सफल भए’ उनले थपिन् । उनी संयोगले ०७९ मा वडा सदस्यमा निर्वाचित भएकी छन् ।

गाउँमा खेताला पाइन छाडेकाले समूहका सबै जना आपसमा मिलेर सामूहिक श्रमको अवधारणा ल्याई उनले काम थालिन् । बारीमा मल फाल्ने, दाउरा बोक्ने, डल्ला ठोक्ने, मकै खन्ने, तरकारी लगाउने, टिप्नेलगायतका काममा समूहले सामूहिक रूपमाश्रम गर्छ ।

समूहमा २४ सदस्य छन् । काम सहज बनाउन सहारा, भगवती र संगालो थप उप–समूह बनाइएको छ । तीनवटै समूहले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्दै आएका छन् । उनले भनिन्, ‘समूहभित्रका सदस्यले प्रतिव्यक्ति प्रतिघण्टा ७० रुपैंया तिर्नुपर्छ । कमाएको रकम समूहमै बचत गर्छौं ।’

 समूहको मागबमोजिम संस्थाको सहयोगमा वितरण गरिएका ४८ वटा उन्नत नश्लका बाख्रा र एउटा बोकामध्ये अनिताले दुई माउ बाख्रा पाइन् । पशु पालन व्यवसायबाट आम्दानी गर्न सकिने भएकाले उनले तीनवटा दुहुना गाई पाल्न थालिन् । हाल उनीसँग तीन गाई र पाँच वटा माउसहित १४ वटा बाख्रा छन् । सुधारिएको व्यवस्थित गोठ र खोर पनि छ । ‘दूध र खसी–बोका बिक्रीबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेकी छु’ उनले भनिन् ।

उनले आफ्नै अगुवाइमा उपहार समूहहरू गठन गरिन् । आफूले प्राप्त गरेको ज्ञान, सीप, तालिम, बाख्रा र खोर समूहमा उपहार दिन थालिन् । यो अभियानले यस क्षेत्रमा ५० वटा व्यवस्थित खोर निर्माण भइसकेका छन् । यसै वर्ष समूहहरू मिलेर ‘कोकलदेवी सामाजिक उद्यमी महिला सहकारी’ संस्था गठन भएको छ । यसमा पनि उनीसचिव पदमा निर्विरोध भइन् ।

 हाल २१६ सदस्य रहेको सहकारीले हेफरको सहयोगमा कृषि उपज पशु वस्तुको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । मासिक बचत तथा ऋण, नगरपालिकासँग समन्वय गरी किसानका लागि प्राविधिक सेवा, मल, बीउ र बजारीकरणमा सहयोग पुगेको छ । ‘व्यापारीसँग सहकारीले सम्झौता गरी जिउ“दो तौल प्रणालीमा खसी–बोकाको बजारीकरण गर्न थालेका छौं’ उनले भनिन्, ‘यस वर्ष ४१७ वटा खसी–बोका बिक्री भएका छन् । किसान र व्यापारी ठगिनुपरेको छैन ।’

 Image