गत नोभेम्बर १६ तारिखमा मलेसियाको सबाहस्थित कोटा किनाबालुमा सम्पन्न ‘मिस स्कूबा इन्टरनेसनल २०१९’मा नेपालबाट प्रतिनिधित्व गरेकी श्रद्धा सिलवालले उत्कृष्ट १२ सम्मको यात्रा तय गर्न सफल भएकी छिन् । पेशाले सफ्ट वेयर इन्जिनियर २४ वर्षिया श्रद्धाले गत सेप्टेम्बर महिनामा आरके इन्टरटेन्मेन्ट ग्रुपद्वारा राजधानी संचालन भएको मिस ग्राण्ड नेपाल २०१९ अन्तर्गत मिस ग्राण्ड स्कुबा नेपाल २०१९ को उपाधि जितेपछि मिस स्कुबा इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट सहभागि हुने अवसर प्राप्त गरेकी हुन् ।
प्रतियोगिता अन्तर्गतको अन्डर वाटर फोटोसुटमा श्रद्धाले नेपालको राष्ट्रिय झण्डालाई प्रदर्शन गरेकी थिइन् । नेपाल लगायत विश्वका चालीस बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको मिस स्कूबा इन्टरनेनसल २०१९ उपाधि भने अष्ट्रेलियाकी मिखाएला सटलवर्थले जित्न सफल भइन् ।
सौन्दर्य प्रतियोगिता मार्फत समुद्री जीवनको संरक्षण र सम्बद्र्धनमा सचेतना जगाउने उद्देश्यले संचालन हुँदै आएको मिस स्कुबा इन्टरनेसनल प्रतियोगिता सन् २०११ बाट आरम्भ भएको हो ।