कान्छीमायाको ह्याट्रिक
कहिले हार्न नजान्ने धाविका कान्छीमाया कोजूले १३ औं संस्करणको काठमाडौं म्याराथनमा ह्याट्रिक गरिन् । कोजू २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेकी हुन् । कोजूको यो लगातार तेस्रो उपाधि हो ।
फेसन डिजाइनिङको क्षेत्रमा एक दशकभन्दा बढी समय बिताएकी तृष्णा गुरुङ इजिप्टको एलेक्जेन्ड्रमा सम्पन्न एक्सलेन्ट अवार्डबाट सम्मानित भएकी छिन् ।
नेपाली फेसन जगत्मा सिर्जनात्मक कला प्रस्तुत गर्दै थुप्रै युवालाई यो क्षेत्रमा लाग्न प्रेरित गरेको भन्दै आउटस्ट्यान्डिङ पर्फर्मेन्सका लागि उनलाई ‘एमएसएन एक्सलेन्स अवार्ड–२०१९’ बाट सम्मानित गरिएको हो ।
यो उमेरमा उक्त अवार्ड प्राप्त गर्ने सम्भवतः उनी पहिलो फेसन डिजाइनर हुन् । अन्तर्राष्ट्रिय रूपमा यो अवार्डलाई सम्मानित अवार्डका रूपमा लिइन्छ ।