Successfully Copied

मिस टिन प्रदेश–१

मिस टिन प्रदेश नम्बर–१ को उपाधि बिर्तामोड नगरपालिका–४ स्थित अनाथ आश्रमकी भावना चौहानले जितेकी छिन् । प्रतियोगितामा स्मृति सुनुवार दोस्रो तथा अनुष्का कटवाल तेस्रो भए । आमाले समेत सानैमा छोडेर हिँडेपछि तारा नमस्ते बाल ग्राममा आश्रय लिएकी चौहानले बिर्तामोडकै एक होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह

मिस टिन प्रदेश नम्बर–१ को उपाधि बिर्तामोड नगरपालिका–४ स्थित अनाथ आश्रमकी भावना चौहानले जितेकी छिन् । प्रतियोगितामा स्मृति सुनुवार दोस्रो तथा अनुष्का कटवाल तेस्रो भए ।

विरता जेसिज तथा बिर्ता मिडिया इन्टरटेन्मेन्टले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितामा देश विकासमा महिलाको भूमिका के हुनुपर्छ ? भन्ने प्रश्न निर्णायक थियो, जसमा भावनाले देश विकासमा महिलाको भूमिका खोज्ने हो भने पहिले महिलालाई शिक्षित बनाउनुपर्छ भन्ने जवाफ दिएकी थिइन् । भावनाका बुवा को हुन् उनलाई नै थाहा छैन । 

आमाले समेत सानैमा छोडेर हिँडेपछि तारा नमस्ते बाल ग्राममा आश्रय लिएकी चौहानले बिर्तामोडकै एक होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्न शतप्रतिशत छात्रवृत्तिसमेत प्राप्त गरेकी छिन् । 

नरेन्द्र बस्नेत

 Image