छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री
'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'
उभिएर सितार बजाउने विश्वकै पहिलो महिला सितारवादकका रूपमा सीता मैया राजचल सम्मानित भएकी छिन् । सितारवादक एवं सास्कृतिक संस्थानकी कलाकार राजचललाई गिनिज वर्ल्ड बुक अफ
रेकर्ड, लन्डनले विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादक शीर्षकअन्तर्गत सूचीकृत गरेको छ ।
सीता मैयाले देश–विदेशका कार्यक्रमहरूमा यसरी नै सितार बजाइसकेकी छिन् । नेपालमा विजय वैद्यले उठेर सितार वादन गरेको देखेर नै उनमा आफूले पनि उठेर सितार बजाउन सक्छु भन्ने आँट आएको हो । राजचलले सितार बजाएका म्युजिक भिडियोहरू पनि तयार पारिएका छन् ।