डिजिटल माध्यमबाटै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ : कार्विका थापा
किम्बु टेककी सीईओ कार्विका थापाले डिजिटल माध्यमबाटै स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने बताएकी छन् ।

काठमाडौं कलंकी निवासी २६ वर्षिया अपेक्षा खड्का फिलिपिन्सको मनिलामा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ज्वेल अफ द वर्ल्ड २०१९’ मा नेपालको तर्फबाट सहभागि हुँदैछिन् । फिलिपिन्समा संचालन हुने उक्त प्रतियोगिताका उनी शुक्रबार त्यस तर्फ प्रस्थान गर्दैछिन् ।
प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले अपेक्षालाई एक कार्यक्रमका वीच ज्वेल अफ द वर्ल्ड नेपाल २०१९ का रुपमा ताज पहिर्याइदिएको हो । सो प्रतियोगितामा सहभागि हुनका लागि अपेक्षाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धीत अभिमूखीकरण र ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् ।
पााच फिट ६ इन्च उाचाईकी अपेक्षा विगत ६ वर्ष देखि मोडलिङ क्षेक्रमा सत्रिय रहँदै आएकी छिन् । यसवीचमा उनले केही रनवे शो, म्युजिक भिडियोहरु तथा प्रिन्ट तथा टेलिभिजन विज्ञापनका मोडल रुपमा आफूलाई प्रस्तुत गरिसकेकी छिन् ।
उनले पोखरामा हालै संचालन भएको इन्टरनेसनल फेसन वीक नेपालमा शो स्टपरका रुपमा रनवेमा प्रस्तुत भएकी थिइन् । उनी चलचित्र लखपती माग्ने मार्फत् नेपाली रचतपटमा देखा पर्दैछिन् ।