Successfully Copied

गिनिज रेकर्डमा सेफ विमला 

२०१८ मा नेपालबाट छानिएपछि सेफ विमला मगरले भारतीय सेफ सञ्जय ठाकुरको टोलीमा समावेश भएर २०१८ मा सगरमाथा आरोहण गरेकी थिइन् । त्यतिबेला एभरेस्ट बेस क्याम्पभन्दा माथि आइल्यान्ड पिकमा विमलाको टिमले पप रेस्टुरेन्ट सेट गरी अतिथिहरूलाई खाना ख्वाएको थियो ।

त्यहाँ विमलाले सिस्नुका परिकार, लालीगुरासँसका डेजर्ट आदि तयार पारेकी थिइन् । त्यहाँबाट उठेको पैसा उतै सहयोग गरेर फर्किएकी विमला र उनको टिम अहिले गिनिज वल्र्ड रेकर्डमा पर्न सफल भएका छन् ।

हाई अल्टिच्युटमा रेस्टुरेन्ट सेटअप गरी खाना तयार गरेको अडियो–भिडियो भेरिफाइ भएपछि उनीहरू गिजिज वल्र्ड रेकर्ड राख्न सफल भएका हुन् । विमला २०१४ मा दुबईबाट कुलनरी आर्टमा डिप्लोमा गरेपछि संसारकै पहिलो लक्जरीबीच क्लब निकीमा काम गर्न पुगेकी थिइन् ।

देशमै काम गर्छु भनेर त्यहा“बाट स्वदेश फर्किएकी विमला अहिले नेपालको फेयर फिल्ड म्यारिटमा कार्यरत छिन् ।

 Image