लैंगिक वकालतमा मलिका
होटल अन्नपूर्णमा एचआर म्यानेजरका रूपमा तीन वर्ष काम गरिसकेकी मलिका राणा अहिले आईडिपी नेपालको एचआर म्यानेजरमा कार्यरत छिन् ।

फेब्रुअरी ४ देखि १४ सम्म भारतमा संचालन हुने मिस सुपर मोडल ग्लोब नामक सौन्दर्य एवं मोडल प्रतिस्पर्धामा नेपालका तर्फबाट १७ वर्षिया अदिती अधिकारीले सहभागिता जनाएकी छिन् ।
प्रतियोगिताका लागि उनी अहिले विश्वका विभिन्न मुलुकका सहभागिहरुसित प्रतिस्पर्धा गरिरहेकी छ्न् । युनिग्लोब कलेजकी छात्रा अदिती अधिकारी नेक्स्ट मोडल्स नेपालको आयोजना संचालन भएको मोडल हन्ट २०१८ का शीर्ष उपाधि विजेता हुन् ।
सोही उपाधि जितेपछि नेक्स्ट मोडल्स नेपाल मार्फत् मिस सुपर मोडल ग्लोब २०१९ मा सहभागिता जनाउने अवसर अदिती अधिकारीलाई प्राप्त भएको हो । मिस सुपर मोडल ग्लोब २०१९ लाई विश्व क्यान्सर दिवसको अवसर पारेर प्रारम्भ गरिएको हो । प्रतियोगिता भारतको नयाँ दिल्लीमा संचालन हुँदैछ ।
उक्त प्रतियोगितामा सहभागि हुन पूर्व अदितिले अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी ग्रुमिङ तथा अभिमुखीकीरण कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् ।
यस अघि कोरियाको इन्चियन शहरमा सम्पन्न पाँचौं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी अदिती अधिकारीले ‘फेसनिष्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ नामक अवार्ड हात पार्न सफल भएकी थिइन् ।