सम्मानित आरती
सञ्चारकर्मी आरती लम्साल डा. भीमराव अम्बेडकर एवार्ड २०१९ बाट सम्मानित भएकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री एवार्डबाट लम्साललाई सम्मान गरेको हो ।

करिब दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी नीता ढुंगाना म्युजिक भिडियोमा समेत उत्तिकै जमेकी छिन् । नीताद्वारा अभिनीत पछिल्ला केही चलचित्रले व्यावसायिक सफलता हात पार्न नसके पनि उनी लगातार चर्चामा रहन सफल छिन् । उपलब्धि हासिल गर्ने क्रममा अभिनेतृ नीता गत महिना ‘बेस्ट लिडिङएक्ट्रेस’ घोषित भइन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा आयोजित ‘सन्फ्रान्सिस्को फिल्म फेस्टिभल’ मा नीता ‘बेस्ट लिडिङ एक्ट्रेस’को अवार्ड हात पार्न सफल भएकी हुन् । उनले ‘विदेशी भाषी’ विधाअन्तर्गत चलचित्र ‘पंचायत’बाट उक्त अवार्ड जितेकी हुन् । नेपालमा प्रदर्शन हुन बाँकी चलचित्र ‘पंचायत’ मा नीताले किशोरीको भूमिका निर्वाह गरेकी छिन् ।