जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले गत असोजमा मनास्लु हिमालको सफल आरोहण गरिन् । विश्वको आठौं अग्लो (८ हजार १ सय ६३ मिटर) हिमाल मनास्लुलाई किलर माउन्टेनसमेत भनिन्छ ।
सगरमाथा आरोहण गर्ने लक्ष्य बोकेर पहिलोपटक मनास्लु हिमालको आरोहण गरेको पूर्णिमा बताउँछिन् । गोरखा आरुघाट स्थायी घर भएकी पूर्णिमाले अनुभवविना एकैपटक मनास्लुमा चढेकी हुन् ।
पूर्णिमा भन्छिन्–‘सर्वाेच्च शिखर सगरमाथा चढ्ने उद्देश्यका साथ सुरु भएको मेरो सपनामा एउटा सानो सफलता प्राप्त भयो । गोरखाकी चेलीका रूपमा गोरखामै अवस्थित विश्वको ८ औं तथा नेपालको ७ औं अग्लो हिमाल मनास्लुको सफल आरोहणपछि गर्व महसुस भएको छ ।’