Successfully Copied

टप थ्रीमा सविता

आफ्नो शानदार प्रभावकारी प्रस्तुति दिन सफल भएसंगै इन्डियाज् नेक्सट टप मोडल सीजन थ्रीमा सहभागि नेपाली मोडल सविता कार्कीको यात्रा उपाधि नजिक पुगेको छ । प्रतियोगिताको टप थ्री फाइनलिष्ट मध्येका एक बन्न सफल भएकी हुन् । सवितासंगै इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको

आफ्नो शानदार प्रभावकारी प्रस्तुति दिन सफल भएसंगै इन्डियाज् नेक्सट टप मोडल सीजन थ्रीमा सहभागि नेपाली मोडल सविता कार्कीको यात्रा उपाधि नजिक पुगेको छ । गत डिसेम्बर ९ तारिखमा श्रृङ्खलाको परिणाम अनुसार सविता कार्की सो प्रतियोगिताको टप थ्री फाइनलिष्ट मध्येका एक बन्न सफल भएकी हुन् । सवितासंगै इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिष्टमा  अहमदाबादकी रिया सुबोध र पुणेका स्वेता राज परेका छन् ।

मोडलिङ संग सम्बन्धीत विभिन्न टास्क, च्यालेन्ज एवं फरक फरक थिम आधारित फोटोसुटको प्रस्तुतिको आधारमा सहभागिहरु एलिमिनेट हुादै आइरहेको यो रियालिटी टी.भि.को अवधारणामा संचालन भइरहेको यो प्रतिस्पर्धामा गत डिसम्बेर ९ तारिखमा प्रशारित श्रृङ्खलामा सहभागिहरुले भैंसीहरुको तबेला भित्र रनवे च्यालेन्ज टास्कमा आफ्नो प्रस्तुति दिएका थिए । यो टास्कमा सविताको आत्मविश्वास पूर्ण प्रस्तुति निकै तारिफ भएको थियो ।

सोही श्रृङ्खलाको अर्काे टास्कमा सहभागिहरुले कार्यक्रम निर्णायक मध्ये एक मलाइका अरोरासंग फोटोसुट गर्नुपरेको थियो । जसमा सहभागिहरुले फोटोसुटको कन्सेप्ट, निर्देशन, कम्पोजिसन र पोज दिनुपर्ने थियो । फोटोसुट डब्बु रतनानीले गरेका थिए । यो टास्कमा सविताको प्रस्तुति र पर्फमेन्सका सम्बन्धमा निर्णायकहरु मिलिन्द सोमन, मलाइका अरोरा र कार्यक्रममा मेन्टर अनुशा डान्डेकरले खुलेरै तारिफ गर्दै आफ्नो स्थानमा उभिएर ताली बजाएका थिए ।

नेपाल फेसन सप्ताह देखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शो जस्ता वृहत् र्‍याम्प शोमा विरालो चालमा यात्रा तय गरिसकेकी सविता कहलिएकी र्‍याम्प सुन्दरी हुन् । पाँच फिट ८ इन्च अग्लो स्लीम फिगर भएकी काठमाडौंकी २३ वर्षिया सविताको सेक्सी सौन्दर्यले टीएनएम, एम एण्ड एस भिम्याग इन्सिगनिया, वाउ, इसिएस लिभिङ, टिजिआइएफ जस्ता म्यागाजिनहरुको शोभा बढाइसकेको छ ।

इन्डियाज् नेक्स्ट टप मोडलको सिजन थ्री गत अक्टोबर २१ तारिखमा प्रिमियर भएको थियो । जसमा नेपालकी सविता कार्की लगायत १६ जना प्रतिस्पर्धीहरु सहभागि थिए । सहभागिहरुको प्रस्तुतिको मुल्यांकन गर्ने अविभारा कार्यक्रमका निर्णायकहरु अभिनेत्री मलाइका अरोरा, मोडल एवं अभिनेता मिलिन्द सोमन र फेसन फोटोग्राफर डब्बु रतनानीको कााधमा रहेको छ । इन्डियाज् नेक्स्ट टप मोडल मोडलिङमा आधारित रियालिटी टि.भि.शो हो जसको पहिलो सिजन सन् २०१५ जुलाई १९ मा प्रिमियर भएको थियो । यो शो अमेरिकाज् नेक्स्ट टप मोडलको भारतीय स्वरुप हो ।  

 Image