Successfully Copied

गृष्माको शिरमा मिस ज्यापुको उपाधि

तेस्रो संस्करणको मिस ज्यापु सौन्दर्य प्रतियोगिताको उपाधि गृष्मा डंगोलले प्राप्त गरेकी छिन् । ज्यापु समुदायको साास्कृतिक परिवेश र जातिय पहिचानको विविध पक्षको सेरोफेरोमा रहेर आयोजना भएको उक्त प्रतियोगीतामा गृष्माले नगद पुरस्कार ५० हजार सहित उपाधि जितेकी हुन् ।

तेस्रो संस्करणको मिस ज्यापु सौन्दर्य प्रतियोगिताको उपाधि गृष्मा डंगोलले प्राप्त गरेकी छिन् । ज्यापु समुदायको साास्कृतिक परिवेश र जातिय पहिचानको विविध पक्षको सेरोफेरोमा रहेर आयोजना भएको उक्त प्रतियोगीतामा गृष्माले नगद पुरस्कार ५० हजार सहित उपाधि जितेकी हुन् । उनी वेष्ट ड्रेस अप र लिडरशीप विधामा पनि उत्कृष्ट ठहरिएकी थिइन् ।

प्रतियोगितामा लिजा महर्जन फस्ट रनर अप तथा वेष्ट पर्फमेन्स र पर्सनालिटी विधाको अवार्ड सहित बानी महर्जन सेकेन्ड रनर अप चयन भएका थिए । लिजा र बानी क्रमश: २५ हजार र १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरे । यसैगरी कृतिका महर्जनले नगद पुरस्कार १० हजार सहित मिस ट्यालेन्ट अवार्डमा आफ्नो नाम दर्ता गरिन् ।

१७ जना ज्यापु समुदायका युवतीहरु उपाधि दौड यात्रामा सहभागि रहेको प्रतियोगिताको अन्य उपाधिहरुमा वेष्ट स्माइल र डिसिप्लीनमा प्रतिमा डंगोल, फोटोजेनिकमा निरु महर्जन, वेष्ट वाकमा पलिस्था महर्जन, पब्लिक च्वाइसमा राजेश्वरी महर्जन र पब्लिक रिलेसनशीपमा सविता पुतुवार विजेता चयन भएका थिए । यसैगरी रेश्मा डंगोल ट्राडिसनल फूड, सृष्टि महर्जन नेपाल भाषा, सोर्जिना डंगोल कल्चरल तथा सृजना महर्जन फ्रेन्डशीप विधामा पुरस्कृत भएका थिए ।

 Image