Successfully Copied

आर्टिस्ट म्यानेजर तथा कोरियोग्राफर अदिति

तनहुँ ढोरफेदीका खेमबहादुर तथा रूपा खत्रीका ३ सन्तानमध्येकी जेठी छोरी २२ वर्षीया अदिति खत्रीले अदिति राघव जुयाल (डिआइडी सेकेन्ड रनरअप, कक्रोच), राजेशमिता कार (डिआइडी) विनर सिजन–३), इन्डियाज डान्सिङ सुपरस्टार डि–मेनियाक्स, अंकन सेन (जज डान्स विनर) जस्ता व्यक्तिहरूसँग मिलेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्

तनहुँ ढोरफेदीका खेमबहादुर तथा रूपा खत्रीका ३ सन्तानमध्येकी जेठी छोरी २२ वर्षीया अदिति खत्रीले अदिति राघव जुयाल (डिआइडी सेकेन्ड रनरअप, कक्रोच), राजेशमिता कार (डिआइडी) विनर सिजन–३), इन्डियाज डान्सिङ सुपरस्टार डि–मेनियाक्स, अंकन सेन (जज डान्स विनर) जस्ता व्यक्तिहरूसँग मिलेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । विश्वप्रसिद्ध कम्पनी डिज्नीसँग काम गर्दा ठूलो रकममा अनुबन्ध भएको बताउने अदितिले टेरेन्सलुयस डान्स कम्पनीमार्फत डिज्नीका लागि सिजन–१ र सिजन–२ मा गरिसकेकी छिन् ।

अल नेपाल डान्स च्याम्पियनसिपका लागि निर्णायकका रूपमा नेपाल आएकी खत्रीले डिज्नी च्यानलको ब्युटी एन्ड द विस्ट नामक म्युजिकल कार्यक्रमका लागि पनि काम गरिसकेकी छिन् । महिला सशक्तीकरणका बारेमा बोल्दै अदितिले भनिन्–मभित्र शक्ति छ, जसलाई मैले प्रयोग गर्नुपर्छ भन्ने सोच राख्नुपर्छ । जे पनि गर्न सक्छौं भन्ने सोच एवं शिक्षाले नै महिलाहरूलाई सशक्त बनाउँछ । मेरा बुवाले मलाई सधैं छोरासरह व्यवहार गर्नुभयो । त्यसैले यो उमेरमा मैले आफ्नो स्थान बनाउन सकेकी छु । 

 Image