अमेरिकाको वैज्ञानिक अनुसन्धानमा जमेकी डा. प्रेरणा
सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक अनुसन्धानका लागि सेल बायोलोजी ल्याबमा प्राप्त रिसर्च फेलोको अवसरले प्रेरणाको जीवनमा परिवर्तन ल्यायो ।
शिक्षामा रूपा
इलाहाबादमा जन्मिएकी रूपा कार्कीको स्नातकसम्मको अध्ययन भारतमै भयो । नेपालीसँगको विवाहपछि नेपाल आएकी रूपा विवाहलगत्तै श्रीमान्सँग अमेरिका लागिन् । त्यहाँ उनले बालमैत्रीसम्बन्धी विविध तालिम लिइन् भने केही समय प्रि–स्कुलमा अध्यापन गरिन् । नेपालमै केही गर्ने सोच बनाएर नेपाल फर्किएकी रूपाले भ्याली भ्यु स्कुलमा मन्टेश्वरी को–अर्डिनेटरका रूपमा काम गरिन् । अहिले उनी लाजिम्पाटस्थित आफ्नै स्कुल चन्द्रतारामा प्रिन्सिपल छिन् । समय–समयमा उनी विभिन्न तालिम पनि दिन्छिन् । आकर्षक व्यक्तित्वकी धनी रूपा ४० वर्षे उमेरमा पनि तन्नेरी जोसका साथ काममा व्यस्त छिन् । बाल शिक्षामै जीवन अर्पण गर्ने सोच बनाएकी रूपा पाक कलामा पनि उत्तिकै कुशल छिन् ।