जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन
आकर्षक व्यक्तित्वकी धनी पूजा सेढाईं (२५) झापाको तोपगाछीमा जन्मिएकी हुन् । फरासिली, सबैसँग घुलमिल हुनसक्ने क्षमताका अतिरिक्त उनमा अभिनय कला पनि छ । आफ्नो व्यवसायिक जीवन र करियरलाई सँगै अगाडि बढाइरहेकी पूजाले विगतमा टेलिसिरियलमा पनि अभिनय गरेकी छिन् । अभिनय एवं नृत्यमा रुचि राख्ने पूजा एडभरटाइजिङ एजेन्सीमा कार्यरत छिन् । उनले हिजोआजका कुरा, क्राइम स्टोरी, गंगाजमुनाजस्ता आधा दर्जनभन्दा बढी टेलिशृंखलामा काम गरिसकेकी छिन् । सशक्त अभिनय तथा कुशल नृत्य क्षमताकी पूजा कलालाई साधनाका रूपमा लिने कुरा बताउँदै भन्छिन्, 'नेपालमा मनोरञ्जन संसारको भविष्य राम्रो छ । पढेलेखेका र राम्रा घरानाका युवतीहरू पनि यो क्षेत्रमा आइरहेकाले यसको गुणस्तर वृद्धि हुँदै गएको कुरामा दुईमत छैन । यसका लागि राम्रा तालिम, गोष्ठी एवं कार्यशालाहरू संचालन गर्ने टे्रन्ड वृद्धि हुनुपर्छ भने कर्पोरेट हाउसहरूको लगानी पनि भित्रिनुपर्छ ।
रसुमिलालाई बनायो संघर्षले सफल
अधिराज्यका होलसेल बिक्रेतालाईर् लेडिज आइटमको तयारी पोसाक दिएर वितरकका रूपमा काम गर्दै आएकी बालाजु ढुङ्गेधाराकी रसुमिला श्रेष्ठ सफल व्यवसायी हुन् । विगत ३० वर्षदेखि अनवरत रूपमा यो व्यवसायमा लागेकी ४९ वर्षीया श्रेष्ठले १५ हजार रूपैंयाँमा डेरा बसेर पसल भाडामा लिई काठमाडौंको वटु टोलमा सानो थोक बिक्रेताका रूपमा व्यवसाय सुरु गरेकी थिइन् । त्यसपछि उकाली-ओरालीमा नथाकी व्यवसायमा लागेकी श्रेष्ठ आज एक सफल व्यवसायीका रूपमा परिचित छिन् । बाटिक इन्टरनेसनलकी प्रोपराइटर रसुमिलाका श्रीमान् भरतकुमार श्रेष्ठ धौलागिरी विजनेस प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । आज आफूलाई यो ठाउँसम्म ल्याइपुर्याउने आफ्ना श्रीमान् नै भएको श्रेष्ठ बताउँछिन् । दुई छोराकी आमा श्रेष्ठले व्यवसायमा लागेदेखि कहिल्यै घाटा बेहोर्नुपरेको छैन । उनी आजको काम भोलिलाई बाँकी राख्दिनन् । आँटिली स्वभावकी श्रेष्ठ हरेक महिलाले बाहिरको काम पनि उत्तिकै गर्नसक्नेे बताउँछिन् । महिलाहरू आर्थिक पक्षमा सबल बन्नसके पुरुषसरह समुदायमा स्थापित हुने कुरामा उनी विश्वस्त छिन् ।
सरस्वती कटुवाल
शोभाको अभियान
६ सन्तानमध्येकी जेठी छोरी शोभा राई गुरुङका बुबा बेन्जो, गितार तथा हार्मोनियमका सौखिन थिए । त्यसैले उनले बाल्यावस्थादेखि नै संगीतसँग साक्षात्कार हुने अवसर प्राप्त गरिन् । जीवन नदीझैं निरन्तर बगिरहन्छ कहिल्यै सुकेर जाँदैन, शरीर मरेर गए पनि कृति मर्दैन भन्ने शोभा लामो समयदेखि राष्ट्रभक्ति गीतमा लागिपरिरहेकी छिन् । उनले हाम्रो देश नेपाल शीर्षकको गीति संग्रह पनि तयार पारेकी छिन् । त्यसपछि उनले सुपर डायमण्ड कलेक्सन भिसिडी निर्माण गरिन् । धार्मिक आस्था भएकी राई नेपालमा क्रिक्रेट रंगशाला निर्माणका निम्ति सांगीतिक वल्र्ड टुर गर्ने तयारीमा छिन् । राई संगीतका माध्यमद्वारा शेर्पा क्लाइम्बरहरूका लागि आर्थिक सहयोग जुटाउने अभियानमा पनि सक्रिय छिन् । शोभा भन्छिन्, ज्यानको बाजी राखेर शरीरले थेग्नेभन्दा बढी भार बोकी सगरमाथा उक्लने साहसी शेर्पाहरूलाई राज्यले दिने सुविधा निक्कै कम छ । उनीहरू नै हाम्रो मुलुकको पर्यटकका लागि खम्बा हुन् । यही कुरालाई मध्यनजर गरी मैले यो नयाँ अभियान थालनी गर्ने निधो गरेकी हुँ ।'