Successfully Copied

कुमाले झैं सिद्धिदा

स्नातकसम्मको अध्ययन एवं विभिन्न तालिम हासिल गरेपछि काठमाडौं-२, मण्डिखाटारकी सिद्धिदा राणाको बाल्यकालदेखिको

स्नातकसम्मको अध्ययन एवं विभिन्न तालिम हासिल गरेपछि काठमाडौं-२, मण्डिखाटारकी सिद्धिदा राणाको बाल्यकालदेखिको समाजसेवा गर्ने सपना पूरा भयो। पारिवारिक वातावरण नै समाजसेवामय रहेकाले उनको मन त्यसैमा बस्यो र १४ वर्षअघि औंलामा गन्न सकिने बालबालिकाबाट सुरु गरेको टाइनी टाउन डे केयर सेन्टरमा हाल ५० जना बालबालिका छन्। अहिले यो सेन्टर काठमाडांैकै नामी डे केयर सेन्टरका रूपमा परिचित छ। यो सेन्टरको संस्थापक एवं प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेकी राणालाई ५० वर्षको उमेरमा आफूले देखेको सपना पूरा भएको महसुस भएको छ। परिवारले सानैदेखि राम्रोसँग रेखदेख गर्ने हो भने बालबालिकालाई जस्तो सोच्यो त्यस्तै बनाउन सकिने राणा बताउँछिन्। काँचो माटोलाई जस्तो पनि आकार दिन सकिन्छ। राणाले भनिन्-'बालबालिकाहरू काँचो माटोजस्तै हुन्छन्। कुमालेरूपी अभिभावकले जस्तो बनाउन चाह्यो, त्यस्तै बन्छन्।'

मेहनती उत्तरा

सबै काममा सधैं केही न केही नयाँपनको खोजी गर्नुपर्ने स्वभावले नै काठमाडौं महानगरपालिका-३ स्वयम्भूकी उत्तरा आचार्य सिटौला (३२) लाई अहिले सफल बनाएको छ। सानैदेखि उनको मन फेसन डिजाइनमा अल्झियो। नेपाली परिवेश र बढ्दो मागअनुरूपको फेसनलाई बुझेकी आचार्य सानैदेखि मेहनतका साथ फेसन डिजाइनको क्षेत्रमा लागिन्। व्यवस्थापन र फेसन डिजाइनमा स्नातकसम्मको अध्ययन पूरा गरेकी उत्तराले २५ भन्दा बढी नेपाली फिल्मका लागि ड्रेस डिजाइन गरिसकेकी छिन्। विवाहपछि पनि परिवारको उत्तिकै साथ एवं हौसलाका कारण आफ्नो व्यवसाय फस्टाएको र घरदेखि कार्यालयसम्मको जिम्मेवारीलाई धैर्यपूर्वक निर्वाह गर्न आफू सफल भएको उनको भनाइ छ। उत्तराले भनिन्, 'म काम गर्नसक्ने भएदेखि अहिलेसम्म कहिल्यै खाली बसिन।'

 Image